अन्तर्राष्ट्रिय

कप्तान राहुलको उत्कृस्ट पारीमा बेंगलोर माथि पन्जाबको फराकिलो जित 

Published

on

कप्तान केएल राहुलले उत्कृस्ट ब्याटिङ ब्याटिङ गरे पछि पन्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलोर माथि ३४ रनको फराकिलो जित दर्ता गराएको छ ।

यस जितसँगै पन्जाब छ अंक सहित अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । सातौं खेलमा बेंगलोरको यो दोश्रो हार हो भने सात खेल नै खेलेको पन्जाबको यो तेश्रो जित हो ।

१८० रनको बलियो लक्ष्य सहित ब्याटिङमा आएको बेंगलोरले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १४५ रन मात्र बनाउन सक्यो ।

बेंगलोरको तर्फबाट कप्तान बिराट कोहलीले सर्वाधिक ३५ रन बनाए भने रजत पटिदर र नवौं नम्बरमा ब्याटिङ गर्न आएका हर्षल पटेलले आक्रमक पारी खेल्दै १३ बलमा समान ३१ रनको पारी खेले ।

त्यस्तै बेंगलोरका अन्य ब्याट्सम्यानमा कायल जेमीसनले अविजित ११ रन बनाए भने ओपनर देवदत्त पडिकल सात, ग्लेन म्याक्सवेल गोल्डेन डक आउट भए भने एबी डि भिलियर्सले पनि तीन रन भन्दा जोड्न सकेनन् ।

बेंगलोरलाई रोक्ने क्रममा हरप्रित ब्रारले चार ओभरमा मात्र १९ रन दिएर सर्वाधिक तीन विकेट लिए भने रवि बिष्नोईले पनि चार ओभरमा १७ रन खर्चिएर दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १७९ रनको बलियो योगफल तयार पार्यो ।

पन्जाबको लागि कप्तान केएल राहुलले अविजित रहँदै सर्वाधिक ९१ रन बनाए । ५७ बलको सामना गरेका राहुलले सात चौका र पाँच छक्का प्रहार गरे । राहुल बाहेक क्रिस गेलले २४ बलमा ४६ तथा हरप्रित ब्रारले १७ बलमा अविजित २५ रनको योगदान दिए ।

Click to comment

Trending