Headline

नेपाल सुपर लिगः काठमाडौं र पोखराबीचको पहिलो हाफ बराबर

Published

on

नेपाल सुपर लिग अन्तगर्त शुक्रबारको एक मात्र खेलमा काठमाडौं रेजर्स पोखरा थण्डर्सबीच पहिलो हाफ गोलरहित बराबरीमा टुँगिएको छ ।

दशरथ रँगशालामा पोखराले पूर्ण रुपमा दवाब बनाएपनि गोल गर्न भने असफल रह्यो । छैटौं मिनेटमा मौसाले बल पेनाल्टी एरिया भित्र लान सफल भए पनि डिफेन्डरहरुको दवाबमा प्रहार गर्न असफल रहे । ११ औं मिनेटमा रवि पासवानले द्रुत गति लिदै थ्रो इनका लागि गएको बल तान्दै बक्स भित्र दिएको सटिक पासमा नवयुग श्रेष्ठ र आयुष घलानले कनेक्ट गर्न सकेनन् ।

२१ औं मिनेटमा काठमाडौं गोलकिपर बिकेश कुथुले टिमलाई निश्चित गोल खानबाट बचाएका थिए । रक्षापंिक्तले गल्ति गर्दा मौसा बिकेशसँग वान–भर्सेस–वान स्थितिमा पुगेका थिए तर त्रिभुवन आर्मी गोलकिपरले राम्रो निर्णय लिदै बल क्लियर गरिदिएका थिए ।

लगत्तै बिकेशले गल्ति गर्दै पोखराका नवयुगलाई बल सुम्पिए तर आर्मी फर्वार्डको खाली पोस्टमा चिप निकै फितलो रहन पुग्यो ।

३४ औं मिनेटमा आफ्नै मिडफिल्डबाट आएको लामो पास कलेक्ट गरेका रविले आफै प्रहार गर्नु पर्ने स्थितिमा पास दिदा मौका खेर गएको थियो । काठमाडौंले एकाध मुभ बनाएपनि कुनै पनि समय पनि पोखराको लागि खतराको घण्टी बजाउन सकेन ।

Click to comment

Trending