Headline

युरोपा लिगः युनाइटेडले रोमालाई ६ हान्यो, अवे गोलले आर्सनललाई आशा

Published

on

बुनो फर्नान्डेस र एडिन्सन काभानीले २–२ गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युरोपा लिग सेमिफाइनल पहिलो लेगमा एएस रोमामाथि ६–२ को शान्दार जित हात पारेको छ ।

चार गोल अन्तरको फराकिलो जितपछि युनाइटेड अर्को महिना हुने फाइनलमा एक कदम अगाडी बढेको छ । युनाइेटडलाई १० मिनेट भित्रै काभानीको क्रसमा गोल गर्दै फर्नान्डेसले अग्रता दिलाएका थिए । पउल पोग्बाको ह्याण्डबलपछि प्राप्त पेनाल्टीमा लोरेन्जो पेलेग्रिनीले गोल गरेपछि रोमाले ६ मिनेटपछि नै बराबरी गरेको थियो ।

३३ औं मिनेटमा पेलेग्रिनीकै पासमा एडिन जेकोले गोल गर्दै पहिलो हाफमा रोमालाई २–१ को अग्रता दिलाएका थिए । युनाइटेडले दोश्रो हाफमा सशक्त प्रदर्शन गर्दै गोलको बर्षा नै गर्यो ।

काभानीले ४८ औं र ६४ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए भने ७१ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गरे । चार मिनेटपछि नै पोग्बाले पाचौं र निर्धारित समय सकिन चार मिनेट बाँकी हुँदा मेसन ग्रिनउडले रोमाको लागि बिर्सनलायक दिन बनाए ।

भिलारियालबिरुद्धको सेमिफाइनलमा आर्सनललाई निकोलस पेपेले पेनाल्टीमा गोल गर्दै दोश्रो फाइनलको होडबाजीमा कायमै राखेका हुन् । ड्यानी सेबालोस दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा आर्सनल दोश्रो हाफमा १० जनामा सिमित भएको थियो ।

७३ औं मिनेटमा बक्सभित्र बुकायो साकामाथि फउल हुँदा पेपेले गोल गर्दै आर्सनलका लागि महत्वपूर्ण गोल गरेका थिए । ट्रिगुरोस मुनोज र राउल अलबियोलको गोलपछि भिलारियाले आधा घण्टा भित्रै २–० को अग्रता लिएको थियो ।

Click to comment

Trending