Headline

ट्वान्टी ट्वान्टी बिश्वकप भारतमा नहुन सक्छ

Published

on

भारतको कोरोना भाइरसको दोश्रो लहरसँगको लडाई यदि जारी रहने हो भने यस बर्षको ट्वान्टी ट्वान्टी बिश्वकप युएईका लागि सार्न सकिनेछ ।

भारतले ट्वान्टी ट्वान्टी बिश्वकप अक्टोबरमा आयोजना गर्न गइरहेको छ तर कोरोनाको दोश्रो लहरले दक्षिण एसियामा बिध्वंश मच्चाउदै गर्दा भारतमा मात्रै दुई लाख मानिको मृत्यु भइसकेको छ भने दैनिक साढे तीन लाख संक्रमित भेटिन थालेका छन् । यो संख्या अझै बढी रहेको हुनसक्ने अनुमान गरिएको छ ।

भारतमा हाल इण्डियन प्रिमियर लिग भने जारी नै छ तर केही अष्ट्रेलियन खेलाडीहरुसँगै अम्मायरहरुले पनि प्रतियोगिता छोड्नुका साथै सिँगो देश संघर्षरत रहदा आईपिएल पनि रद्द गरिनु पर्ने आवाज उठ्न थालेका छन् ।

यही संक्रमण दरलाई मध्येनजर गर्दै अष्ट्रेलिया र युकेले भारतबाट आउने उडानहरुमा पनि रोक लगाइसकेका छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का खेल बिकास महाप्रबन्धक धिरज मलहोत्राले भारत अझै पनि प्रतियोगिता आयोजना गर्नेमा आशावादी रहेको बताएका छन् ।

“भारतमै बिश्वकप गर्नका लागि हामी हरसम्भव प्रयास गरिरहेका छौं । हामी सामान्य परिस्थिति र सबैभन्दा खराब परिस्थितिमा के गर्न सकिन्छ गृहकार्य गर्दैछौं । यसको लागि अहिले हामी आईसिसिसँग संवादमा छौं,” हालै ट्वान्टी ट्वान्टी बिश्वकपको लागि निर्देशक नियुक्त गरिएका मलहोत्राले भने ।

अष्ट्रेलियाले गत बर्ष महामारीकै कारण २०२२ का लागि सारिएको ट्वान्टी ट्वान्टी बिश्वकप आयोजना गर्दैछ ।

भारतमा आयोजना सम्भव नभएको परिस्थितिमा युएई बिसिसिआईको अर्को बिकल्पको रुपमा रहेको छ । “पक्कै पनि युएई नै अर्को आयोजना स्थल हो । युएईमा बिसिसिआई नै प्रतियोगिता आयोजकको रुपमा रहनेमा आशावादी छौं । बिश्वकप त्यहा लगिन्छ र सबै काम बिसिसिआईले गर्नेछ,” बिबिसि पोडकास्टलाई दिइएको एक अन्तर्वातामा उनले भने ।

Click to comment

Trending