अन्तर्राष्ट्रिय

पृथ्वी शको आक्रमक पारीमा दिल्लीको सहज जित

Published

on

ओपनर पृथ्वी शले आक्रमक पारी खेले पछि १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २५ औं खेलमा कोलकाता नाइट राईडर्स माथि सात विकेटको फराकिलो जित दर्ता दिल्ली क्यापिटल्स अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरको पनि समान १०-१० अंक रहे पनि नेट रन रेटका आधारमा चेन्नाई पहिलो, दिल्ली दोश्रो तथा बेंगलोर तेश्रो स्थानमा रहेका हुन् । दिल्लीले सात खेल खेलेको छ भने चेन्नाई र बेंगलोरले ६-६ खेल खेलेका छन् ।

जितका लागि १५५ रनको लक्ष्य पक्ष्याएको दिल्लीले १६ दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा जित आत्मसाथ गर्यो ।

दिल्लीको जितमा ओपनर पृथ्वी शले सर्वाधिक ८२ रन बनाए । सुरवात देखि नै आक्रमक पारी खेलेका शले शिवम मावीको पहिलो ओभरमा नै लगातार छ बलमा छ चौका प्रहार गरेका थिए । ४१ बलको सामना गरेका उनले प्याट कमिन्सको बलमा आउट हुनु अघि ११ चौका र तीन छक्का प्रहार गरे ।

शले पहिलो विकेटका लागि अर्का ओपनर शिखर धवन (४७ बलमा ४६ रन) सँग मिलेर १३ दशमलब पाँच ओभरमा १३२ रन जोड्दै दिल्लीको जितको आधार बुने । त्यस्तै कप्तान रिशब पन्तले अनि १६ रनको योगदान दिए ।

चार ओभर बलिङ गरेका कोलकाताका प्याट कमिन्सले सर्वाधिक तीन विकेट हात पारे भने अन्य बलरहररु विकेट बिहिन रहे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५४ रन बनायो ।

कोलकाताको तर्फबाट आक्रमक पारी खेलेका आन्द्रे रसेलले अविजित रहँदै २७ बलमा दुई चौका र चार छक्काको मद्धतमा सर्वाधिक ४५ रन बनाए भने ओपनर शुबमन गिलले पनि ४३ रनको पारी खेले । त्यस बाहेक नितिश रानाले १५, दिनेश कार्तिकले १४ रनको योगदान दिए भने कप्तान ओइन मोर्गन र सुनिल नारायणले रनको खाता पनि खोल्न भ्याएनन् ।

दिल्लीका ललित यादवले तीन ओभरमा १३ रन खर्चिएर तथा अक्सर पटेलले चार ओभरमा ३२ रन दिएर समान २-२ विकेट हात पारे ।

 

Click to comment

Trending