Headline

आईपिएलः डि ककको प्रेरणामा मुम्बईको तेश्रो जित

Published

on

ओपनर क्विन्टन डि ककले शान्दार अद्र्धशतक प्रहार गरेपछि डिफेन्डिङ्ग च्याम्पियन मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिगमा तेश्रो जित हात पारेको छ ।

यो सिजनको शुरुवात राम्रो नगइरहदा मुम्बईले बिहिबार भएको पहिलो खेलमा राजस्थान रोयल्समाथि सहज जित हात पार्यो । शुरुवाती चार ब्याट्स्म्यिानको योगदानमा राजस्थानले २० ओभरमा चार विकेटको क्षतिमा १ सय ७१ रन बनायो ।

जवाफमा पुर्व दक्षिण अफ्रिकी कप्तान डि ककले नटआउट रहदै इनिङ्गस सम्हालेपछि मुम्बईले १८ दशमलव ३ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

डि ककले पहिलो विकेटका लागि कप्तान रोहित शर्मा (१४) सँग ४९, सुर्यकुमार यादव (१६) सँग ३४ र क्रुनाल पाण्ड्यासँग ६३ रनको साझेदारी गरेका थिए । क्रुनालले २६ बलमा दुई छक्का र उत्तिकै चौकाको मद्दतमा ३९ रन बनाए ।

वेष्ट इण्डिजका कायरोन पोलार्डको पनि साथ पाएका डि ककले ५० बलमा ७० रन बनाउदा ६ चौका र दुई छक्का प्रहार गरे । पोलार्डले ८ बलमा १६ रन जोडे । चौथो खेलमा पराजय भोगेको राजस्थानका लागि क्रिस मोरिसले दुई विकेट लिएका थिए ।

जोस बट्लरले आक्रमक शुरुवात गर्दै यशस्वी जैसवाल (३२) सँग पहिलो ८ ओभरमै ६६ रनको साझेदारी गरेपनि राजस्थान अन्तिम ओभरतिर चुकेको थियो । बट्लरले ३२ बलमा तीन छक्का र तीन चौका हान्दै ४१ रन बनाए । २० बलको मात्र सामना गरेका जैसवालले दुई छक्का र दुई चौका प्रहार गरे ।

कप्तान सञ्जु स्यामसनले शिभम दुबेसँग ५७ रन जोडेका थिए । २७ बलमा ४२ रन बनाएका स्याम्सनको इनिङ्गसमा पाँच चौका सामेल थियो । दुबेले ३१ बलमा ३५ रन बनाए । मुम्बईका लागि राहुल चाहरले दुई विकेट लिए ।

Click to comment

Trending