अन्तर्राष्ट्रिय

२० बर्ष पछि इराकसँग फुटबल खेल्दै नेपाल 

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीले २० बर्षको अन्तरल पछि इराकको राष्ट्रिय टोलीसँग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ ।

यस अघि इराक फुटबल संघले आफ्नो अधिकारइक फेसबुकमा नेपालसँग मैत्रिपूर्ण खेल खेल्ने जनाएको भए पनि एन्फाले बिहिबार यसको पुष्टि गरेको हो । एन्फाले आज आफ्नो वेबसाइमा नेपाल र इराकको मैत्रीपूर्ण खेलको बारेमा जानकारी दिएको हो ।

नेपालले इराकसँग उसको घरेलु मैदान बस्रा अन्तर्राष्ट्रिय रंगशालामा मे २९ मा खेल्न लागेको हो ।

यस अघि नेपालले इराकसँग तीन पटक खेलेको थियो भने तिन पटकनै हारको सामना गरेको थियो । पछिल्लो पटक नेपालले सन् २००१ मा विश्वकप छनोट अन्तर्गत इराकसँग खेल्दा ४-२ ले पराजित हुन पुगेको थियो ।

नेपालले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतबिरुद्धको घरेलु खेल दशरथ रङशाला तयार हुन नसकेपछि भुटानमा खेलेको थियो जहाँ नेपाल १–० ले हारेको थियो । नेपालले कुवेतमा भएको अवे खेलमा भने ७–० को लज्जास्पद पराजय बेहोरेको थियो ।

नेपालले समुहमा निकालेको एक मात्र जितमा अवे खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । यस्तै अष्ट्रेलियाबिरुद्धको खेलमा नेपालले ५–० ले पराजित भएको थियो भने जोर्डनसँग पनि ३–० ले पराजित हुन पुगेको थियो ।

समुहमा अष्ट्रेलिया हालसम्म चार वटै खेल जित्दै १२ अंक साथ शिर्ष स्थानमा रहेको छ भने नेपाल तीन अंकसाथ चौथोमा रहेको छ ।

 

Click to comment

Trending