Headline

नेपाल सुपर लिगः निकै रोमाञ्चक खेलमा ललितपुर बराबरीमा रोक्कियो

Published

on

सनसनीपूर्ण खेलमा धनगढी एफसीसँग १–१ को बराबरीमा रोक्किएपछि ललितपुर सिटी एफसी नेपाल सुपार लिगमा लगातार तीन खेल जितविहिन रहेको छ ।

दशरथ रँगशालामा किरण चेम्जोङले पहिलो हाफमा नियन्त्रण गुमाउदै ललितपुरलाई पेनाल्टी दिएपनि त्यसलाई बचाएको खेलमा धनगढीले लगातार दवाबका बावजुद ओलावाले ओलादिपो अफिजको गोलबाट अग्रता लियो । सब्स्टिच्युटको रुपमा आएका रञ्जन बिष्टले गोल गर्दै ललितपुरलाई जोगाएका थिए ।

बराबरीपछि धनगढी चार अंकका साथ दोश्रो स्थानमा उक्लिएको छ । समान चार अंक रहेको बुटवल लुम्बिनी एफसी गोल अन्तरको आधारमा शिर्ष स्थानमा कायमै छ । ललितपुर भने अंक तालिकाको पुछारमै रहेको छ । आइकोनिक खेलाडी तथा नेपाल नम्बर वान गोलकिपर तथा कप्तान किरणले लगातार दवाबमा आउदा आफ्नो नियन्त्रण गुमाए ।

४२ औं मिनेटमा ललितपुरले प्रहार गरेको कर्नरलाई समातेर बल पास दिनको लागि अगाडी बढ्दै गर्दा किरणले बिपक्षी टिमका कप्तान तथा मार्की खेलाडी अञ्जन बिष्टमाथि अनावश्यक रुपमा कुहिनाले प्रहार गरे ।
आखै अगाडी भएको फाउलका कारण रेफ्रि प्रकाश श्रेष्ठले किरणलाई पहेलो कार्ड देखाउदै ललिपुरलाई पेनाल्टी दिए । पेनाल्टी प्रहार गर्नका लागि ललितपुरका बिदेशी खेलाडी नुर्लान जाहिद आए । तर किरणले सही निर्णय गर्दै बायाँ तर्फ डाइभ हान्दै सहज रुपमै बल समाते ।

अञ्जनले केही मिनेट अगाडी नै पोस्ट नजिकैबाट प्रहार गरेको बल गोल लाइनबाट क्लियर भएको थियो । खेलमा धनगढीमाथि पूर्ण रुपमा नियन्त्रण राखेको ललितपुरले करिब आधा दर्जन गोल गर्ने मौकामा चुकेको थियो । पाचौं मिनेटमै नविन लामाले बक्स भित्र निकालेको क्रसलाई बिमल रानाले राम्रो स्किलका साथै नियन्त्रणमा लिदै ओपन शटका लागि मौका बनाए । बिमलले गरेको प्रहार किरणले रोके र रिबाउण्डमा अञ्जन बिष्टले गोल गरेपनि उनलाई अफसाइड दिइएको थियो ।

२७ औं मिनेटमा फ्रि किकमा आएको रिबाउण्डमा एरिक बिष्टले लगभग ४० यार्डबाट प्रहार गरेको ग्राउण्ड शट थोरैले मात्र चुकेको थियो ।

दोश्रो हाफको शुरुवातमा पनि ललितपुरले नै नियन्त्रण कायम राख्दा पहिलो मौका धनगढीले गुमायो । बुद्ध तामाङले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रस बारबाट थोरै बाहिरिएको थियो ।

७२ औं मिनेटमा बिशाल राइको कर्नरमा ललितपुरका अर्पण कार्कीको पञ्च फितलो हुँदा पेनाल्टी एरिया भित्रैबाट अशोक खवासले प्रहार गरेको बल अञ्जनको कुम्भमा लागेर अनमार्क रहेका ओलावाले ओलादिपो अफिजले भेट्टाउदै नजिकैबाट सहज हेडरमार्फत गोल गरेका थिए ।

७८ औं मिनेटमा कमल श्रेष्ठले दिएको लामो पासमा फर्किएर आएको बलमा रञ्जन बिष्टले गरेको प्रहार डिफेण्डर दिनेश राजंशीको निधारमा डिफ्लेक्ट हुदै गोल हुन पुगेको थियो । पाँच मिनेटपछि नै बिशाल राइले दिएको बलमा पोस्ट नजिकै रहेका ओलावालेले कनेक्ट गर्न सकेका थिएनन् ।

खेलको अन्तिम समयमा धनगढी तीन पटक गोल गर्ने अवसरमा चुकेको थियो । अशोक खवासको हाइ बलमा बुद्ध तामाङको हेडर थोरैले मात्र बार माथिबाट गएको थियो भने बुद्धले नै पोस्ट नजिकैबाट ट्याप इन गर्न चुकेका थिए । अन्तिम समयमा पाएको कर्नरमा अशोकको प्रहारलाई निरज बस्नेतले गोललाईनबाट क्लियर गरेका थिए ।

Click to comment

Trending