Headline

किरणले नियन्त्रण गुमाए, पेनाल्टी दिए, पेनाल्टी बचाए

Published

on

आइकोनिक खेलाडी तथा नेपाल नम्बर वान गोलकिपर किरण चेम्जोङले अनावश्यक फउल गरे, कार्ड खादै धनगढी एफसीलाई खतरामा पारे । लगत्तै आफ्नो गल्तिको भरपाइ पनि गरे ।

नेपाल सुपर लिग अन्तर्गत ललितपुर सिटी एफसीबिरुद्ध अनुभवी नेपाली टोलीका कप्तानले लगातार दवाबमा आउदा आफ्नो नियन्त्रण गुमाएका थिए । ४२ औं मिनेटमा ललितपुरले प्रहार गरेको कर्नरलाई समातेर बल पास दिनको लागि अगाडी बढ्दै गर्दा किरणले बिपक्षी टिमका कप्तान तथा मार्की खेलाडी अञ्जन बिष्टमाथि अनावश्यक रुपमा कुहिनाले प्रहार गरे ।

आखै अगाडी भएको फाउलका कारण रेफ्रि प्रकाश श्रेष्ठले किरणलाई पहेलो कार्ड देखाउदै ललिपुरलाई पेनाल्टी दिए । पेनाल्टी प्रहार गर्नका लागि ललितपुरका बिदेशी खेलाडी नुर्लान जाहिद आए । तर किरणले सही निर्णय गर्दै बायाँ तर्फ डाइभ हान्दै सहज रुपमै बल समाते ।

अञ्जनले केही मिनेट अगाडी नै पोस्ट नजिकैबाट प्रहार गरेको बल गोल लाइनबाट क्लियर भएको थियो । खेलको पहिलो हाफमा धनगढीमाथि पूर्ण रुपमा नियन्त्रण राखेको ललितपुरले करिब आधा दर्जन गोल गर्ने मौका खेर फालेको थियो । लगातारको दवाबले गर्दा किरणमाथि एक पछि अर्को दवाब आएको थियो ।

पाचौं मिनेटमै नविन लामाले बक्स भित्र निकालेको क्रसलाई बिमल रानाले राम्रो स्किलका साथै नियन्त्रणमा लिदै ओपन शटका लागि मौका बनाए । बिमलले गरेको प्रहार किरणले रोके र रिबाउण्डमा अञ्जन बिष्टले गोल गरेपनि उनलाई अफसाइड दिइएको थियो । २७ औं मिनेटमा फ्रि किकमा आएको रिबाउण्डमा एरिक बिष्टले लगभग ४० यार्डबाट प्रहार गरेको ग्राउण्ड शट थोरैले मात्र चुकेको थियो ।

दोश्रो हाफमा ओलावाले ओलादिपो अफिजले गोल गदै धनगढीलाई अग्रता दिलाएका थिए । रञ्जन बिष्टले ७८ औं मिनेटमा गोल फर्काए । धनगढी तीन मिनेटको अतिरिक्त समय थपिदा तीन स्पष्ट गोल गर्ने मौकामा चुकेको थियो ।

Click to comment

Trending