Headline

नेपाल सुपर लिगः ललितपुरलाई जित्नै पर्ने दवाब, धनगढीको आखा शिर्ष स्थानमा

Published

on

नेपाल सुपर लिग अन्तर्गत बिहिबार मैदानमा उत्रदा ललितपुर सिटी एफसीलाई जित्नै पर्ने दवाब हुनेछ । ललितपुर हाल अंक तालिकाको पुछारमा छ । दुई खेलबाट उसको जम्मा एक अंक छ ।

लिग चरणमा जम्मा ६ खेल मात्र खेल्न पाउने व्यवस्था रहदा ललितपुरलाई प्लेअफको सम्भावना जिवित राख्न जित निकाल्नै पर्ने आवश्यकता छ । धनगढीबिरुद्ध जित निकाल्न सक्ने हो भने ललितपुर केही दवाब मुक्त हुने त छ नै उसको जितले अरु टोलीका लागि पनि प्रतियोगिता खुला राख्न सक्नेछ ।

७ टिम संलग्न सुपर लिगको छैटौं स्थानमा एफसी चितवन रहेको छ । चितवनले आफ्नो पहिलो दुवै खेल बराबरीमा टुङ्गाएको हो । काठमाडौं रेजर्स, पोखरा थण्डर्स, धनगढी एफसी र बिराटनगर सिटी एफसीको समान तीन अंक छ । बुटवल लुम्बिनी चार अंक साथ शिर्ष स्थानमा छ ।

प्रतियोगितामा राम्रो आक्रमण रहेपनि ललितपुरले हालसम्म एक गोल मात्र गर्न सकेको छ, जुन अनपेक्षित थियो । राष्ट्रिय टिमका स्टार तथा मार्की खेलाडी अञ्जन बिष्ट पेनाल्टीमा चुक्दा दोश्रो हाफको शुरुवातमै कमल श्रेष्ठले चितवनबिरुद्ध अग्रता दिलाएका थिए ।

 

तर कमलले क्रसमा निकालेको बल गोलमा परिणत हुन पुगेको थियो । चितवनले दोश्रो हाफतिर अन्त्य बनाइरहदा पेनाल्टी पाएपछि खेल बराबरीमा टँुगिएको थियो । लगातार दुईवटा खेलको परिणाम आफ्नो पक्षमा नआउदा प्रशिक्षक प्रदिप हुमागाई चिन्तित देखिएका थिएनन् ।

ललितपुरलाई यथार्थमा भने दवाबमुक्त खेल खेल्नु पर्ने नै दवाब छ । यसको कारण हो लयमा फर्किएको धनगढी ।

पहिलो खेलमा बिराटनगरसँग ३–० गोलले स्तब्ध भएको धनगढीले आफ्नो दोश्रो खेलमा काठमाडौंलाई ३–० को फराकिलो अन्तरले हराएको थियो । यसमा धनगढीका बिदेशी खेलाडी ओलावाले ओलादिपो अफिजले शान्दार प्रदर्शन गरेका थिए ।

अफिजले उक्त प्रदर्शनलाई निरन्तरता दिने हो भने डिफेन्समा केही खुकुलो देखिएको ललितपुरलाई असिमित दवाब पर्न सक्छ । धनगढीका लागि दुई महत्वपूर्ण खेलाडी नहुनु भने ललितपुरको लागि शुखद समाचार हो ।

दोश्रो खेलमा योगेश गुरुङ शुरुवातमै घाइते भएर मैदान छोड्न बाध्य भएका थिए भने रमेश दँगालले पनि दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । तर धनगढीका लागि अझै पनि राम्रो प्रदर्शन गर्ने श्रोत छ । बिहिबार जित हात पार्ने हो भने धनगढी शिर्ष स्थानमा उक्लने छ ।

Click to comment

Trending