Headline

कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

Published

on

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक परेको छ । ज्ञानेन्द्रका बुवा रामकृष्ण मल्लको बिहिबार बिहान आफ्नै घर भिमसेनस्थानमा मृत्यु भएको हो ।

७८ बर्षिय रामकृष्णलाई दमको रोग रहे पनि उहा केही दिनअघि सम्म सामान्य नै देखिएको नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य छुम्बी लामाले जानकारी दिएका छन् । आज बिहान करिब ९ बजेतिर उनको आफ्नै निवासमा मृत्यु भएको हो ।

उनको दाह शंस्कार आजै टेकु दोभानमा सम्पन्न भइसकेको छ ।

ज्ञानेन्द्रले भर्खरै नेपाललाई त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको उपाधि दिलाएका थिए । ११ बर्षपछि नेपालले घरेलु भुमिमा अन्तर्राष्ट्रिय उपाधि जितेको थियो भने कप्तानको रुपमा उनको आफ्नै पनि पहिलो उपाधि हो ।

Click to comment

Trending