Headline

सिटीको पिएसजी माथि पुनरागमन जित

Published

on

च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्माइन माथि २-१ को पुनरागमन जित निकालेको छ ।

पिएसजीको घरमा भएको खेलमा उसकालागी मार्किन्होसले गोल गर्दा सिटीका लागि केविन डि ब्रुन र रिहाद महारेजले एक-एक गोल गरेका थिए ।

खेलमा पहिलो गोल गर्दै पिएसजीले पहिलो हाफ भरी १-० को अग्रता लिएको थियो । खेलको १५ औँ मिनेटमै कप्तान मार्किन्होसले करर्नरमा आएको बललाई हेड गर्दै गोल गरे पछि पिएसजी पहिलो हाफ १-० ले अगाडि रह्यो । सिटीले पहिलो हाफमा सोचेको जस्तो खेल देखाउन नसके पनि दोस्रो हाफमा भने उत्कृष्ट पुनरागमन गर्न पुग्यो ।

६४ औँ मिनेटमा कप्तान केवेन डि ब्रुनले गोल गर्दै सिटीका लागि खेल १-१ को बराबरीमा ल्याएका थिए । जिचेन्कोले दिएको पासलाई डि ब्रुनले कर्ल गर्दै सिधा पोस्टमा प्रहार गरेको बललाई पिएसजीका गोलरक्षक किलियर नभासले जोगाउन नसक्दा सिटीले खेल १-१ को बाराबरीमा ल्याउन सफल भएको थियो ।
यस्तै सिटीका लागि दोस्रो गोल ७१ औँ मिनेटमा रिहाद महारेजले गरेका थिए । महारेजले सिटीले ७० औँ मिनेटमा पाएको फ्रिकिकमा गोल गर्दै सिटीलाई २-१ को जित दिलाएका थिए ।

२-१ ल्प अवे जितका साथ इङ्ल्याण्ड फर्किने म्यानचेस्टर सिटीले घरमा मे ५ मा दोस्रो लेग खेल्ने छ ।

Click to comment

Trending