अन्तर्राष्ट्रिय

अंक तालिकाको पुछारमा रहेको हैदराबादलाई पराजित गर्दै चेन्नाई शिर्ष स्थानमा

Published

on

अंक तालिकाको पुछारमा रहेको सनराईजर्स हैदराबाद माथि सात विकेटको सहज जित निकाल्दै चेन्नाई सुपर किंग्स पुन १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को शिर्ष स्थानमा उक्लिएको छ ।

छ खेल खेलेको चेन्नाईको १० अंक रहेको छ । समान छ खेलमा १० अंक नै रहे पनि रोयल च्यालेन्जर्स बेंगलोर नेट रन रेटका आधारमा दोश्रो स्थानमा रहेको छ । आजको खेल सहित यस सिजन छ खेलमा पाँचौं हारको सामना गरेको हैदराबाद दुई अंक सहित आठौं स्थानमा रहेको छ ।

जितका लागि १७२ रनको लक्ष्य पक्ष्याएको चेन्नाईले १८ दशमलब तीन ओभर खेल्दै तीन विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

चेन्नाईको जितमा ओपनरद्वय रुतुराज गाइकवाड र फाफ डु प्लेसिसले क्रमश ४४ बलमा १२ चौका सहित ७५ रन बनाए तथा ३८ बलमा छ चौका र एक छक्काको मद्धतमा ५६ रनको पारी खेले । विशाल लक्ष्य सहित ब्याटिंगमा आएको चेन्नाईको जितमा गाइकवाड र डु प्लेसिसले १३ ओभरमा १२९ रन जोड्दै जितको आधार तय गरेका थिए ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादका कप्तान डेभिड वार्नर मनिष पाण्डेले अर्धशतक प्रहार गरे पछि पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १७१ रन बनायो ।

हैदराबादको तर्फबाट तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका पाण्डेले सर्वाधिक ६१ रन बनाए भने ओपनर वार्नरले पनि ५७ रनको योगदान दिए । लुंगी एनगिदीको बलमा आउट भएका दुबैले क्रमश ४६ बलमा पाँच चौका र एक छक्का तथा ५५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै अविजित रहेका केन विलियम सन र केदार जाधवले क्रमश १० बलमा २६ रन तथा चार बलमा १२ रनको पारी खेले भने अर्का ओपनर जोनी बैरस्टोले सात रन भन्दा जोड्न सकेनन् ।

चेन्नाईका लुंगी एनगिदीले सर्वाधिक दुई विकेट लिए भने साम कर्रनले पनि आफ्नो नाममा एक विकेट दर्ता गराए ।

Click to comment

Trending