Headline

नेपाल सुपर लिग: पोखराको शुखद पुनरागमन, बिराटनगर स्तब्ध

Published

on

पोखरा थण्डर्सले नेपाल सुपर लिगमा शुखद पुनरागमन गरेको छ । पहिलो खेलमा बुटवलसँग २–० ले पराजित भएको पोखराले कागजमा निकै बलियो मानिएको बिराटनगर सिटी एफसीलाई १–० ले स्तब्ध पार्यो ।

खेलको एक मात्र बिजयी गोल नवयुग श्रेष्ठले ८३ औं मिनेटमा फ्लिक हेडरबाट गरेका थिए । यसअघिको खेलमा धनगढीमाथि ३–० को सहज जित हात पारेर बलियो टिमको रुपमा सोचिएको बिराटनगर पोखराबिरुद्धको खेलमा सोचे अुनरुपको प्रदर्शन गर्न असफल रह्यो ।

बुधबारको नतिजापछि बुटवल लुम्बिनी फुटबल क्लब अंक तालिकाको शिर्ष स्थनमा कायमै रहेको छ । बिराटनगर गोल अन्तरको आधारमा दोश्रो स्थानमा कायमै रहेको छ । धनगढी एफसी र काठमाडौं रेजर्सको पनि समान तीन अंक छ ।

खेलमा पोखराले नै बढी पकड जमाएको थियो भने मौका पनि उसले नै बढी सृजना गरेको थियो । पोखराले पहिलो दुई अवसर बनाएको थियो । चौथो मिनेटमा पदम मोक्तानले प्रहार गरेको फ्रि किक ६ यार्ड बक्सबाहिर ल्याण्ड हुदा रफाएल रिम्गागोले राम्ररी कनेक्ट गर्न नसक्दा उल्रिच सिवेले क्लियर गर्ने अवसर पाएका थिए ।

नवौं मिनेटमा मोउसा अब्बाले बक्सभित्र पाएको सुनौलो मौकामालाई खेर फाल्दा उनको शट आकासिएको थियो । बिराटनगरको लागि भएको एक मात्र मुभमा पेद्रो मान्जीले वान–भर्सेस–वानमा गोल गर्न चुकेका थिए ।

दोश्रो हाफमा पोखराले पाएको पहिलो अवसरमा नवयुग श्रेष्ठको सशक्त प्रहारलाई गोलकिपर किशोर गिरीले राम्रो बचाउ गरेका थिए । ६१ औं मिनेटमा रवि पासवानले गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।
८३ औं मिनेटमा सेन्टर बाट अलिकति नजिक पाएको फ्रि किकमा मउसाले पेनाल्टी बक्स भित्रै ल्याण्ड गराउदै नवयुगले आकर्षक फ्लिक हेडरमार्फत गोल गरेका थिए ।

अन्तिम समयमा बिराटनगरले गोलका लागि प्रयास गरेपनि असफल रह्यो ।

Click to comment

Trending