Headline

नेपाल सुपर लिग: रोमाञ्चक खेलको पहिलो हाफमा चितवन बुटवलबिरुद्ध २–१ ले अगाडी

Published

on

एफसी चितवनले नेपाल सुपर लिगमा बुटवल लुम्बिनी एफसीबिरुद्धको रोमाञ्चक खेलको पहिलो हाफमा २–१ को अग्रता लिएको छ ।

दशरथ रँगशालामा जारी पहिलो खेलमा खेल बुटवलले राखे पनि चितवनले अग्रता लिएको हो । चितवनका लागि अक्सनमा अनसोल्ड रहेका जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले गोल गरे ।

खेलमा नियन्त्रण भने बुटवलले नै कायम गरेको छ । लक्ष्मण रुचालले निकालेको असिस्टमा अर्माण्डको हेडर बाहिरिएको थियो । सातौं मिनेटमा करिम नुरेनले बक्स बाहिरबाट गरेको थोरैले मात्र क्रसबार माथि गएको थियो । १५ औं मिनेटमा गोरान जेर्कोभिचले पोस्ट अगाडी नै निकालेको क्रसमा जर्ज प्रिन्सले सहज ट्याप इन गर्दै चितवनलाई अग्रता दिलाएको थियो ।

१९ ओं मिनेटमा सिमान्त थापाले दायाँबाट निकालेको क्रसमा बुटवलका गोलकिपर बिशाल श्रेष्ठको पञ्जामा लागेर फुत्किएपछि टेक बहादुर बुढाथोकीले नियन्त्रणमा लिदै नजिकबाटै गोल गरेका थिए ।

बुटवलले त्यसपछि दुई वटा गोल गर्ने मौका गुमाएको थियो । लक्ष्मण रुचालको क्रसमा अर्माण्डले प्लेस गरेको हेडरलाई चितवनका गोलकिपर बिशाल सुनारले सन्दर बचाउ गरेका थिए । त्यसपछि अमिर श्रेष्ठको क्रसमा बक्सभित्र बल पाएका अर्माण्डले गरेको प्रहार बारमा लागेर फर्किएको थियो ।

३१ औं मिनेटमा करिम नुरेनले दिएको बल अर्माण्डले वान टचमा आशिषका लागि सेट गर्दा बुटवल फर्वार्ड पेनाल्टी एरियाबाहिरको आर्कबाट सशक्त प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए ।

Click to comment

Trending