Headline

च्याम्पियन्स लिग सेमिफाइनलमा गोल गर्ने पुलिसिच पहिलो अमेरिकन

Published

on

क्रिष्चियन पुलिसिचले फुटबल मैदानमा यसअघि कुनै पनि अमेरिकनले नगरेको काम गरिरहेका छन् ।

मङ्गलवार पुलिसिच च्याम्पियन्स लिगको सेमिफाइनलमा गोल गर्ने पहिलो अमेरिकी खेलाडी बने । २२ बर्षिय पुलिसिचले चेल्सीका लागि च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड बिरुद्ध गोल गरेका थिए ।

खेलको त्यही एक माात्र गोलको मद्दतमा चेल्सीको फाइनल प्रवेश गर्ने अभियानमा एक कदम अगाडी सारेको छ । अवे खेलमा एक गोल गरेपछि चेल्सीलाई अब स्ट्यामफोर्ड ब्रिजमा गोलरहित बराबरीले पनि फाइनल प्रवेश गर्न पर्याप्त हुनेछ । दोश्रो लेग मे ५ मा हुनेछ ।

पुलिसिचतको च्याम्पियन्स लिग करिअरमा यो पाचौं गोल हो । यस क्रममा उनले अमेरिकाबाट च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने डमार्कस बिज्लीलाई एक गोलले पछि पारेका हुन् ।

पछिल्लो केही हप्ता पुलिसिच चेल्सीका लागि उच्च लयमा प्रदर्शन गर्दै आइरहेका छन् । शुरुवातमा चोटबाट संघर्ष गर्न बाध्य पुलिसिचले चेल्सीका लागि पछिल्लो ८ मध्ये ६ खेलमा शुरुवात गरेका छन् । उनले यो सिजन च्याम्पियन्स लिगमा दुई र प्रिमियर लिगमा २३ खेलबाट चार गोल गरेका छन् ।

पुलिसिचले अब अमेरिकाका लागि जुनमा खेल्नेछन् । २०१८ मा रुसमा भएको बिश्वकप मिस गरेको अमेरिकाले सेप्टेम्बरदेखि शुरु हुने २०२२ को बिश्वकप छनोटमा शुरुवात गर्दैछ ।

ट्रिनिडाड एण्ड टोबागोमा भएको २०१८ को बिश्वकप छनोट चरण पार गर्न नसकेपछि रुदै मैदान छोडेका पुलिसिचमाथि २०२२ को बिश्वकपसम्म डोर्याउन अमेरिकाले आशा राख्नेछ ।

Click to comment

Trending