Headline

घरमा रियलको चेल्सीसँग बराबरी

Published

on

युएफा च्याम्पियन्स लिग अन्तर्गतको पहिलो सेमिफाइनल पहिलो लेगमा खेलमा रियल म्याड्रिडले चेल्सीसँग बराबरी खेलेको छ । रियलको घर अल्फ्रेडो स्टेफानो रङ्गशालामा भएको खेलमा रियलले चेल्सीसँग १-१ को बराबरी खेलेको हो ।

चेल्सीका लागि क्रिस्चियन पुलिसिच गोल गर्दा रियलका लागी करीम बेन्जेमाले एक गोल फर्काए ।

१९९८ पछिको पहिलो भेटमा चेल्सीले रियललाई निकै दवाबमा राखेको थियो । चेल्सीले खेलको १० औँ मिनेटमै पहिलो गोल गर्न सफल भएको थियो । चेल्सीका लागि डिफेन्डर एन्टोनियो रुडिगरले निकालेको ‘लुपिङ पास’ मा क्रिश्चियन पुलिसिचले रियलका गोलरक्षक टिबो कर्टुवा सहित तीन डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए ।

तर, २९ औँ भने रियलले बराबरी गोल फर्कायो । रियलका लागि मार्सेलोले दिएको क्रसमा एडेर मिलिटाओले मिलाएको बललाई करिन बेन्जेमाले उत्कृष्ट ‘ब्याक भली’ गोल गरेका थिए । खेल भरी रियलले लिएको एक मात्र ‘सट अन टार्गेट’ यही मात्र रहन पुग्यो ।

दोस्रो हाफमा भने केही मौका बनाएको रियलले चेल्सी विरुद्ध ठुलो मौकाहरु बनेनन् । चेल्सीले भने पाएको मौकालाई सदुपायोग गर्न सकेन । यस्तै चेल्सीका पुर्व स्टार एडेन हजार्डले पनि लामो समय पछि आफ्नो पुरानो क्ल विरुद्ध च्याम्पियन्स लिगमा फर्किएका थिए ।

१-१ गोल भएको खेलमा चेल्सी एक अवे गोलको फाईदा लिदै आफ्नो घर फर्किएको छ । चेल्सीले दोस्रो लेग अन्तर्गत स्ट्यामफर्ड ब्रिजमा मे ६ मा खेल्ने छ ।

Click to comment

Trending