अन्तर्राष्ट्रिय

दिल्ली माथि एक रनको सनसनीपूर्ण जित निकाल्दै बेंगलोर शिर्ष स्थानमा

Published

on

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को २२ औं खेलमा दिल्ली क्यापिटल्स माथि एक रनको रोमान्चक जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोर अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

छ खेल खेलेको बेंगलोरको १० अंक रहेको छ भने एक खेल कम खेलेको चेन्नाई सुपर किंग्स आठ अंकका साथ दोश्रो स्थानमा रहेको छ । आजको खेलमा पराजित हुँदा दिल्ली तेश्रो स्थानमा खुम्चिन पुगेको छ । छ खेल खेलेको दिल्लीको पनि आठ अंक नै रहेको भए पनि नेट रन रेटका आधारमा चेन्नाईले दोश्रो स्थानमा पकड जमाउन सकेको हो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १७१ रनको योगफल तयार पार्यो भने जवाफी ब्याटिङ गरेको दिल्लीले पनि पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १७० रन बनायो ।

एक समय ठुलो हार तर्फ लम्केको दिल्लीको लागि कप्तान रिशब पन्त र शिम्रोन हेटमायरले पाँचौं विकेटका लागि सात दशमलब दुई ओभरमा अविजित ७८ रन जोडे पनि जितका लागि पर्याप्त भएन । अविजित रहेका पन्त र हेटमायरले क्रमश ४८ बलमा ५८ तथा २५ बलमा ५३ रनको पारी खेले ।

बेंगलोरका हर्षल पटेलले सर्वाधिक दुई विकेट हात पारे ।

बेंगलोरको लागि एबी डि भिलियर्सले अविजित रहँदै सर्वाधिक ७५ रन बनाए । ४२ बलको सामना गरेका उनले तीन चौका र पाँच छक्का प्रहार गरे ।

डि भिलियर्स बाहेक बेंगलोरका अन्य ब्याट्सम्यानहरुमा कप्तान बिराट कोहली १२, देवदत्त पड्डीकल १७, रजत पटिदर ३१ तथा ग्लेन म्याक्सवेल २५ रनको पारी खेले ।

Click to comment

Trending