Headline

युलियन नेगल्सम्यान बायर्नका नयाँ प्रशिक्षक

Published

on

जर्मन प्रशिक्षक युलियन नेगल्सम्यानलाई बायर्न म्युनिखले किर्तीमानी २५ मिलियन युरोमा आरबी लाइपजिगबाट क्लब भित्र्याएको छ ।

नेगल्सम्यानलाई टोटनह्यामले पनि भित्र्याउने चाहना देखाए पनि उनी बुन्डेसलिगामै बस्ने बताए पछि बायर्न म्युनिखले उनलाई भित्र्याउने तरखर सुरु गरेको थियो । हालका प्रशिक्षक हान्शी फिल्कले जुन महिना पछि जर्मनीको राष्ट्रिय टोली सम्हाल्ने हल्ला पछि बायर्नले नयाँ प्रशिक्षकको खोजी सुरु गरेको थियो ।

नेगल्सम्यानलाई ‘बेबी मोउरिन्हो’ को उपनामले समेत चिनेने गरिन्छ । उनी युरोपकै उत्कृष्ट युवा प्रशिक्षक मद्धेका एक हुन ।

नेगल्सम्यानले यस सिजन सकिए पछि मात्रै बायर्नको टोली हेर्ने छन् । हालका प्रशिक्षक फ्लिकको बायर्नका निर्देशक हसाम सालीहाम्जिकसँग सम्बन्ध चिसिए पछि उनले आफ्नो सम्झौता सिजनको अन्त्यमा रद्ध गर्न बायर्नलाई मनाएका थिए ।

नेगल्सम्यानलाई जर्मनीमा बायर्नले पाएको हिरा भन्दै संचार मध्यामहरुले बताएका छन् ।

Click to comment

Trending