Headline

काठमाडौं रेजर्सलाई धनगढी एफसीको चुनौति

Published

on

राष्ट्रिय टोली तथा भारतीय पहिलो डिभिजन फुटबल आई लिगका नम्बर वान गोलकिपर किरण चेम्जोङ, भरपर्दा मिडफिल्डर बिशाल राई, नाइजेरियन प्रशिक्षक फुजा टोपेसँगै दक्षिण एसियाको फुटबलमा राम्रो अनुभव बटुलेका आलाडिपो ओलावाले अफिजलाई अनुबन्धन गरेको धनगढी एफसी नेपाल सुपर लिगमा बलियो टोलीको रुपमा अगाडी आएको थियो ।

तर नेपालकै पहिलो फ्राञ्चाइज फुटबल प्रतियोगितामा उसको शुरुवात सोच्न नसकेको हुन गयो । पहिलो खेलमा धनगढी बिराटनगरसँग ३–० को फराकिलो अन्तरले पराजित भयो ।

धनगढीले एक पछि अर्को मौका खेर फाल्दा बिराटनगर चार वटा मुभमै गोल गरेको थियो । सन्तोष तामाङ्गले गरेको गोल बिश्वस्तरीय नै थियो । अग्रपंक्तिमा ओलावाले खल्लो त देखिए नै किरणले पनि केही गर्न सकेनन् ।

मङ्गलवार साँझ हुने एक मात्र खेलमा दशरथ रँगशालामा उत्रदा धनगढीलाई बिराटनगरबिरुद्ध कै खेलमा जसरी मौका खेर फाल्ने लचकता हुने छैन । सबै टिम एकै सरह देखिदा ३–० को गोल पनि निकै ठूलो हो भने लिग चरणको अन्तिमसम्म पुग्दा यसबाट पुनरागमन गर्न पनि धनगढीलाई उत्तिकै कठिन हुन सक्छ ।

धनगढीको लागि अफिजले प्रतियोगितामा पुनरागमन गर्न निकै आवश्यक छ भने टिमका प्रमुख खेलाडीहरु दिनेश राजबंशी, दर्शन गुरुङ, बिशाल र अर्नेस्ट टम्पीले पनि उच्च श्रेणीको खेल पस्कन आवश्यक छ ।

बाल गोपाल महर्जनले सम्हालेको काठमाडौं रेजर्स भने लगातार दुई जित हात पार्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लन चाहन्छन् । पहिलो खेलमा ललितपुर सिटी एफसीलाई १–० ले हराएको काठमाडौंको टोलीमा गत महिना थ्री नेसन्स कपमा सराहनीय प्रदर्शन गरेका आशा लाग्दा युवा खेलाडी सन्जोक राइ र त्रिदेव गुरुङ छन् ।

बिदेशी खेलाडीहरु फ्लोरेन्ट कोआरा, स्टेफन समिर र मेसुके ओलुमोउ काठमाडौंको पक्षमा नतिा निकाल्न सक्ने खेलाडीहरु हुन् । उद्घाटन खेलमा ललितपुरलाई हराउदा समिर र ओलुमाउकै संलग्नता रहेको थियो ।

Click to comment

Trending