Headline

ज्लाटन इब्राहिमोभिच अनुसन्धानको दायरामा

Published

on

स्विडिस लेजेण्ड ज्लाटन इब्राहिमोभिचमाथि एक बेटिङ्ग कम्पनीमा लगानी गरेको बिषयमा युरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले अनुसन्धान शुरु गरेको छ ।

स्विडेनको एक सञ्चार माध्यमले प्रकाशित गरेको रिपोर्ट अनुसार ज्लाटन नियम मिच्दै एक बेटिङ्ग कम्पनीमा पार्ट्नर बनेका छन् । युएफको अनुशासन नियमावलीमा कुनै पनि खेलाडीको बेटिङ्गमा लगानी हुन नपाउने उल्लेख गरिएको छ ।

३९ बर्षिय एसि मिलान स्ट्राइकर ज्लाटनले गत हप्ता मात्रै इटालियन क्लबसँग अर्को एक बर्षको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । युएफाको आचार संहिता र अनुशासन समितिले ज्लाटन इब्राहिमोभिचले युएफको नियम मिच्दै बेटिङ्ग कम्पनीमा लगानी गरे नरेको बिषयमा अनुसन्धान गर्न अनुसन्धानकर्तालाई नियुक्त गरेको छ, युएफाले भनेको छ ।

यो सिजन ज्लाटनले मिलानका लागि सबै प्रतियोगिता गरेर २५ खेलमा १७ गोल गरिसकेका छन् । ज्लाटन आफ्नो अन्तर्राष्ट्रिय सन्यास तोड्दै स्विडेनका लागि बिश्वकप छनोटका खेलहरुका लागि उपलब्ध भएका थिए ।

जनवरीमा कोपा इटालियन अन्तर्गत इन्टर मिलानबिरुद्धको खेलमा आफ्नो पुर्व म्यानचेस्टर युनाइटेड टिममेट रोमेलु लुकाकुसँगको झगडा गरेपछि ज्लाटनलाई ३५ सय पाउण्ड जरिवना पनि गरिएको छ । दुई खेलाडीबीच नराम्रो भनाभन हुँदा ज्लाटनले आफूले कुनै रँगभदी टिप्पणी नगरेको बताएका थिए । इब्राहमोभिचले उक्त खेलमा रेड कार्ड खाएका थिए ।

इटालियन फुटबल फेडेरेशनले लुकाकुलाई पनि झगडा गर्न उक्साउदै खेल भावना बिपरित कार्य गरेको भन्दै २६ सय पाउण्ड जरिवाना गरेको छ ।

Click to comment

Trending