Headline

रियल र चेल्सी २१ औँ शताब्दीमा पहिलो पटक च्याम्पियन्स लिगमा भिड्दै

Published

on

एडेन हजार्डले चेल्सीका लागि करीब आठ वर्ष खेले । दुई प्रिमियर लिग, दुई युरोपा लिग र अझै घरेलु प्रतियोगिता त धेरै नै हात पारे । चेल्सी समर्थकहरु हजार्डलाई ‘प्रिन्स अफ स्ट्यामफर्ड ब्रिज’ भन्थे तर २०१८-२०१९ को सिजन पछि हजार्डले चेल्सी छोड्ने निर्णय गरे ।

चेल्सी समर्थकहरुले उनको निर्णयको विरोध गरेनन् र नयाँ सिजनका लागि करिब १ सय ४० मिलियन पाउन्डमा रियल म्याड्रिड पुगे । उनको लागी रियलमा समय चेल्सीको जस्तै रहेन । उनी धेरै पटक चोटले थलिए । मंगलबार भने आफ्नो पुर्व क्लब चेल्सी विरुद्ध उनी उत्रदै छन् ।

२१ औँ शताब्दीमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा रियलले चेल्सीको सामना गर्न लागेको हो । युरोपियन फुटबलमा मात्र चार पटक भिडेका यि दुई टोली अन्तिम पटक १९९८ को सुपर कपमा भिडेका थिए । चेल्सीबिरुद्ध चार खेल खेल्दा रियलले एक जित, एक बराबरी र दुई पराजय व्यहोरेको छ ।

चेल्सी आफ्नो आठौँ च्याम्पियन्स लिगको सेमिफाइनल खेल्न लागेको हो भने रियल म्याड्रिड सर्वाधिक १४ पटक अन्तिम चारमा सहभागी हुदै छ ।

रियलका लागि हजार्डले शुरुवाती ११ मै मौका पाउने सक्ने छन् । धेरै खेलाडी चोटले थालिएको रियललाई चेल्सीसँग भने केही खेलाडी फर्किए पछि राहत मिलेको छ ।

चेल्सीका लागि पनि धेरै खेलाडीहरु फिट छन् भने मटियो कोभाचिच भने ह्यामस्ट्रिङ्गको चोटका कारण खेल्ने छैनन् । टुचेलले आफ्नो खेलाडीहरु रियल विरुद्ध खेल्नका लागि तयार रहेको बताएका छन् । जिदानले भने आफ्नो हरेक खेलाडीले शतप्रतिशत नतिजाका लागि खेल्ने बताएका छन् ।

यो खेल नेपाली समय अनुसार मध्य रात १२:४५ मा सुरु हुने छ । यस्तै अर्को सेमिफाइनल भने बिहीवार पिएसजी र म्यानचेस्टर सिटी बिच हुने छ ।

Click to comment

Trending