Headline

इनियाचोको उच्च लयमा लेस्टर च्याम्पियन्स लिग छनोट नजिक

Published

on

क्रिष्टल प्यालेसमाथि २–१ को पुनरागमन जित हात पार्दै लेस्टर सिटी इङ्गलिस प्रिमियर लिगबाट च्याम्पियन्स लिग छनोट नजिक पुगेको छ ।

मात्र पाँच म्याच बाकी रहेको स्थितिमा लेस्टर ६२ अंक सहित तेश्रो स्थानमा रहेको छ भने पाचौं स्थानको वेष्ट ह्यामसँग सात अंकको अग्रता बनाएको छ । छैटौंमा रहेको लिभरपुलको ५४ र टोटेन्ह्याम हटस्परको ५३ अंक छ ।

चौथो स्थानमा रहेको चेल्सीको ५८ अंक छ । म्यानचेस्टर सिटीले शिर्ष स्थानमा म्यानचेस्टर युनाइटेडसँग १० अंकको अग्रता बनाउदै एउटा खुट्टा उपाधिमा राखिसकेको छ । सिटीको ७७ र युनाइटेडको ६७ अंक छ ।

घरेलु मैदानमा लेस्टर सोमबार राति विलफ्रइज जाहाको गोलबाट १२ औं मिनेटमै पछि परेको थियो । एब्रेची इजीको थ्रु बलम जाहाले पहिलो टचमै गोल गरेका थिए ।

दोश्रो हाफको पाँच मिनेट पछि टिमोथी कास्टेनले केलेची इनियाचोले मिलाइ दिएको बलमा सुन्दर गोल गर्दै लेस्टरलाई खेलमा फर्काए । प्यालेसले त्यसपछि खेलमा गोल गर्ने सुवर्ण अवसर खेर फालेको थियो ।

पोस्ट नजिकै पाएको बलमा क्रिष्चियन बेन्टेकेलाई सामान्य ट्यापको मात्र आवश्यता थियो तर जोनी इभान्सले उत्कृष्ट स्लाइडिङ्ग ट्याकल गर्दै लेस्टरलाई बचाएका थिए । इभान्सकै असिस्टमा इनियाचोले सशक्त प्रहार गर्दै लेस्टरको लागि बिजयी गोल गरेका थिए ।

इनियाचोले पछिल्लो ९ खेलमा १२ गोल गरिसकेका छन्, त्यसमध्ये १० गोल प्रिमियर लिगमै रहेको छ । २१ गोलका साथ टोटेन्ह्याम हटस्पर तथा इङ्गल्याण्ड कप्तान शिर्ष स्थानमा रहेका छन् । लिभपुलका मोहम्मद सलाहको २० गोल छ भने म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसले १६ गोल गरेका छन् ।

Click to comment

Trending