अन्तर्राष्ट्रिय

कोलकाताले दोश्रो जित दर्ता गर्दा पन्जाबको चौथों हार

Published

on

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को २१ औं खेलमा कोलकाता नाइट राईडर्सले पन्जाब किंग्स माथि पाँच विकेटको सहज जित दर्ता गराएको छ । जारी सिजन यो कोलकाताको दोश्रो जित हो भने पन्जाबको चौथों हार हो ।

जितका लागि १२४ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको कोलकाताले २० बल अगावै पाँच विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

सानो लक्ष्य पक्ष्याएको कोलकाताले पनि सुरुवात राम्रो गर्न सकेन । ओपनर नितिश राना र चौथों नम्बरमा ब्याटिङ गर्न आएका सुनिल नारायण समान शुन्य रनमा तथा अर्का ओपनर शुबमन गिल नौं रनमा आउट हुँदा १७ रनमा तीन विकेट गुमाएको कोलकाताको लागि कप्तान ओइन मोर्गन र राहुल त्रिपाठीले चौथों विकेटका लागि ६६ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।

त्रिपाठी ४१ रन बनाएर पेभेलियन फर्किए पनि कप्तान मोर्गनले अविजित ४७ रन जोड्दै कोलकातालाई जित दिलाए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा नौं विकेट गुमाएर १२३ रनको सामान्य योगफल बनाउन सक्यो ।

पन्जाबको लागि सुस्त खेलेका मायंक अगरवालले ३४ बलमा सर्वाधिक ३१ रन बनाए भने आक्रमक खेलेका क्रिस जोर्डनले १८ बलमा ३० रनको पारी खेले । त्यस्तै कप्तान केएल राहुलले १९ रन जोड्दा क्रिस गेल गोल्डेन डकआउट हुन पुगे ।

पन्जाबलाई सानो योगफलमा रोक्ने क्रममा कोलकाताका प्रसिध कृष्णाले सर्वाधिक चार विकेट लिए भने सुनिल नारायण र प्याट कमिन्सले पनि आ-आफ्नो नाममा सामना २-२ विकेट दर्ता गराए ।

Click to comment

Trending