Headline

नेपाल सुपर लिगः अञ्जन बिष्ट पेनाल्टीमा चुके

Published

on

नेपाल सुपर लिग अन्तर्गत सोमबारको एक मात्र खेलमा ललितपुर सिटी एफसी र एफसी चितवनले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

ललितपुरले धेरै दवाब बनाउदा १० औं मिनेटमा बिमल रानाले पोस्ट नजिकैबाट गरेको प्रहार डिफेन्डरलाई लागेर डिफ्लेक्ट भएको थियो । त्यही आक्रमणपछि प्राप्त कर्नरमा पल्साङ लामाले नजिकबाट प्रहार गरेको लो हेडर पोस्ट छेउबाट बाहिरिएको थियो ।

गोरान जेर्कोभिचले २० औं मिनेटमा निरज बस्नेतलाई लडाएपछि ललितपुरले पेनाल्टी पाएको थियो । अञ्जनको प्रहारलाई चितवनका गोलकिपर बिशाल सुनारले उत्कृष्ट ढँगले दायाँतर्फ डाइभ हान्दै बचाए भने रिबाउण्डमा बिमल रानाले गरेको प्रहारलाई पनि बचाइ दिएका थिए ।

२७ औं मिनेटमा नुर्लान जाहिदलाई सिमान्त थापाले लडाएपनि रेफ्रि प्रकाश श्रेष्ठले पेनाल्टी नदिदा चितवन बाल–बाल बचेको थियो । ३५ औं मिनेटमा चितवनको पहिलो प्रमुख अवसरमा गोरान जेर्कोभिचले दिएको पासमा भरत खवासको प्रहार पोस्टमाथिबाट थोरे बाहिरिएको थियो ।

Click to comment

Trending