Headline

इराकसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

Published

on

नेपाली राष्ट्रिय फुटबल टोलीले इराकको राष्ट्रिय टोलीसँग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ । इराक फुटबल संघले आफ्नो अधिकारइक फेसबुकमा नेपालसँग मैत्रिपूर्ण खेल खेल्ने लेखेको छ । इराक ले नेपालसँग मे २९ मा खेल्ने छ । खेल्ने स्थान भने इराक फुटबल संघले खुलाएको छैन ।

इराकले विश्वकप छनोट खेल्नु अघि नेपालसँग मैत्रिपूर्ण खेल खेल्ने जनाएको हो । नेपालले पनि विश्वकप छनोट खेल्नु अघि मैत्रिपूर्ण खेलको रुपमा इराकसँग खेल्न लागेका हो ।

नेपालले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतबिरुद्धको घरेलु खेल दशरथ रङशाला तयार हुन नसकेपछि भुटानमा खेलेको थियो जहाँ नेपाल १–० ले हारेको थियो । नेपालले कुवेतमा भएको अवे खेलमा भने ७–० को लज्जास्पद पराजय बेहोरेको थियो ।

नेपालले समुहमा निकालेको एक मात्र जितमा अवे खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । यस्तै अष्ट्रेलियाबिरुद्धको खेलमा नेपालले ५–० ले पराजित भएको थियो भने जोर्डनसँग पनि ३–० ले पराजित हुन पुगेको थियो ।

समुहमा अष्ट्रेलिया हालसम्म चार वटै खेल जित्दै १२ अंक साथ शिर्ष स्थानमा रहेको छ भने नेपाल तीन अंकसाथ चौथोमा रहेको छ ।

Click to comment

Trending