Headline

अष्ट्रेलियन क्रिकेटरहरु आईपिएल छोडेर घर फर्कदै

Published

on

भारतमा प्रति दिन कोरोना भाइरसका साढे तीन लाख केसहरु आउन थाले पछि इण्डियन प्रिमियर लिगमा सहभागी अष्ट्रेलियन खेलाडीहरु प्रतियोगिता छोड्दै देश फर्कन थालेका छन् ।

राजस्थान रोयल्सका लागि खेल्दै आइरहेका तिब्र गतिका बलर एन्ड्रयु टाई आइतबार दोहा हुदै सिड्नी तर्फ लागे । अष्ट्रेलियन सरकारले भारतबाट आउट उडानहरुमा रोक लगाउन थालेपछि ३४ बर्षिय टाई आईपिएल छोडेर फर्किएका हुन् ।

टाइले आफूलाई अन्य अष्ट्रेलियन खेलाडीहरुले पनि उनले कसरी अष्ट्रेलियाको लागि फ्लाइट पाएको जानकारी लिन थालेको बताएका छन् । “म गएको थाहा पाएपछि धेरै खेलाडीहरुले मसँग सम्पर्क गर्दै आएका छन् । म अहिले नै सजिलै केही भन्न सक्दिन तर उनीहरु म सुरक्षित रहेको र आफ्नो लागि केही गर्न सकिन्छ की भन्दै सोचिरहेका छन्,” टाइले भने । सोमबार नै व्यक्तिगत कारण भन्दै लेग स्पिनर एडम जाम्पा र केन रिचर्ड्सनले पनि आईपिएलबाट नाम फिर्ता लिदै घर फर्किने निर्णय गरेका छन् ।

आईपिएलमा हाल स्टिभ स्मिथ, डेभिड वार्नर, प्याट कमिन्स लगायतका १६ अष्ट्रेलियन खेलाडीहरु आबद्ध रहेका छन् । यसमा प्रशिक्षकद्वय रिकी पोन्टिङ्ग र साइमन काटिचसँगै कमेन्टेटेरहरु म्याथ्यु हेडन, ब्रेट लि र माइकल स्लेटर पनि रहेका छन् ।

आइतबार क्रिकइन्फोले दुई अन्य अष्ट्रेलियन खेलाडीहरुले आफ्नो टिमलाई घर फर्कन चाहेको बताएका थिए । भारतीय स्टार स्पिनर रविचन्द्रन अश्विनले पनि कोभिड–१९ सँग लड्नका लागि दिल्ली क्यापिटल्स छोड्दै परिवारसँग रहने बताएका थिए ।

आइपिएल कडा स्वास्थ्य प्रोटोकोलसहितको बायो बबलमा दुई हप्ता देखि सञ्चालन हुदै आएको छ भने हालसम्म कुनै पनि खेलाडी र यससँग सम्बन्धितलाई कोरोना देखिएको छैन । चेन्नई र मुम्बइबाट शुरु भएको आईपिएलका खेलहरु अब दिल्लीमा पनि हुन गइरहेका छन् तर भारतीय राजधानी कोरोनाको केन्द्रबिन्दु बनिसकेको छ ।

सञ्चार माध्यमहरुका अनुसार कोरोनाका कारण भारतमा प्रत्येक चार मिनेटमा एक जनाको मृत्यु भइरहेको छ । आइतबार साढे तीन लाख संक्रमण दर्ता हुदा २७ सय ६७ को मृत्यु भएको थियो । तर यसको संख्या भने सोचेभन्दा निकै नै बढी रहेको मानिएको छ ।

Click to comment

Trending