Headline

रियलसँग सेमिफाइनमा भिड्ने भए पछि टुचेलले भने,’यो सबैको सपना हो’

Published

on

इङिश क्ल्ब चेल्सी २०२०/२०२१ को च्याम्पियन्स लिग फाइनल खेल्न एक जित मात्र टाढा छ । इस्तनाबुलसम्म को यात्राका लागि चेल्सीलाई  सहज भने छैन । १३ औँ पटकको किर्तिमानी बिजेता रियल म्याड्रिडसँग भिड्दै गर्दा चेल्सीलाई चुनौतीको चाङ्ग नै छ ।

यसै हप्ता रियल म्याड्रिड विरुद्ध मैदानमा उत्रदै गरेको चेल्सीका प्रशिक्षक थोमस टुचेलले आफ्ना युवा खेलाडीहरुलाई ठुलो अनुभवका साथ खेल देखाउनु पर्ने बताउदै आएका छन् ।

२०१४ देखी च्याम्पियन्स लिगको सेमिफाइनल नखेलेको चेल्सीले यो पटक भने केही खेलाडीलाई क्लब भित्र्याउदै एकेडेमीका युवा खेलाडीका साथ सेमिफाइनलको यात्रा तय गरेको छ ।

यता रियलले भने जिनेदिन जिदानको प्रशिक्षकमा लगतार तीन च्याम्पियन्स लिग जितेको किर्तिमान छ तर पनि टुचेल आफ्नो खेलाडीहरुले रियललाई प्रतिस्पर्धा दिनेमा ढुक्क देखिन्छन् ।

“जिदानको एउटा अविश्वसनीय रेकर्ड छ, विशेष गरी च्याम्पियन्स लिगमा, उनले यो प्रतियोगिता लगातार तीन पटक जितेका छन् र जुन गर्न असम्भव छ,” टुचेलले भने । “हामी सेमीफाइनलमा पुगेका छौं र उच्च स्तरमा, हामी रियल विरुद्ध खेल्नेछौं र यो कठिन हुन सक्ला तर असम्भव छैन,”

” बच्चा हुँँदा रियल विरुद्ध खेल्नु सबैका लागि सपना हुन्थियो त आज पनि त्यस्तै छ,” टुचेल हाँस्दै भने ।

Click to comment

Trending