Headline

म्यानचेस्टर सिटीलाई लगातार चौथो पटक लिग कप उपाधि

Published

on

टोटेन्ह्याम हटस्परलाई १–० ले पराजित गर्दै म्यानचेस्ट सिटीले किर्तिमानी लगातार चौथो पटक इङ्गलिस लिग कपको उपाधि जितेको छ ।

निर्धारित समय सकिन ८ मिनेट मात्र बाकी रहेको स्थितिमा मिडफिल्डर केभिन डि ब्रुनको फ्रि किकमा हेडर प्रहार गर्दै सिटीको उपाधि सुनिश्चित गरेका थिए । यो सिजन डि ब्रुनले १७ असिस्ट गरिसकेका छन् । कुनै पनि प्रिमियर लिग खेलाडीले सबै प्रतिस्पर्धा गरेर यो संख्यामा असिस्ट गर्न सकेका छैनन् ।

सोमबार होजे माउरिन्होलाई बर्खास्त गरेपछि खासै राम्रो प्रतिकृया नपाएको स्पर्सलाई सिटीले पूर्ण रुपमा दवाबमा राखेको थियो । वेम्ब्लीमा भएको फाइनलका लागि दुवै क्लब २–२ हजार समर्थकलाई प्रवेश दिनुका साथै ८ हजार दर्शकको उपस्थिति दिइएको थियो ।

सिटीले लगातार चौथो पटक लिग कपको उपाधि जित्दा उसले लिभरपुलले ८० को दशकमा कायम गरेको किर्तिमानसँग बराबरी पनि गरेको छ । यस्तै उसले लिभपुलकै ८ पटक लिग कप जित्ने किर्तिमानको बराबरी पनि गरेको हो ।

च्याम्पियन्स लिग सेमिफाइनलमा पेरिस सेन्ट जर्माइनसँग पहिलो लेगमा खेल्नु अघि सिटीले उपाधि जितेको हो । यो सिजनको इङ्गलिस प्रिमियर लिगको उपाधि तर्फ पनि स्पष्ट रुपमा अग्रसर रहेको सिटीले चार टाइटलमा आखा लगाइरहदा आठ दिन अघि एफए कपको सेमिफाइनलमा चेल्सीसँग पराजित भएको थियो ।

स्पर्स भने पाचौं पटक लिग कपको फाइनलमा हारेको हो । आर्सनल ६ पटक फाइनलमा पराजित भइसकेको छ ।

Click to comment

Trending