अन्तर्राष्ट्रिय

सुपर ओभरमा हैदराबादलाई पाखा लगाउँदै दिल्ली अंक तालिकाको दोश्रो स्थानमा

Published

on

सुपर ओभरमा सनराईजर्स हैदराबाद माथि रोमान्चक जित हात पार्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

चेन्नाई सुपर किंग्स, दिल्ली र रोयल च्यालेन्जर्स बेंगलोरको समान पाँच खेलमा ८-८ अंक रहे पनि नेट रन-रेटका आधारमा चेन्नाई, दिल्ली र बेंगलोर क्रमश पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका हुन् ।

सुपर ओभरमा आठ रनको लक्ष्य पाएको दिल्लीले कुनै पनि विकेट नगुमाई अन्तिम बलमा लक्ष्य पार गर्यो ।

खेलमा टस जितेर बलिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै चार विकेटको नोक्सानीमा १५९ रन बनायो भने हैदराबादले पनि २० ओभरमा सात विकेटको नोक्सानीमा १५९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको हो ।

एक छोडबाट विकेट गुमाए पनि हैदराबादका केन विलियमसमले अविजित रहँदै ६६ रनको पारी खेल्दै खेल बराबरी सम्म पुर्याए । त्यस बाहेक जोनी बैरस्टोले ३८ रनको योगदान दिए ।

दिल्लीका आभेष खानले सर्वाधिक तीन विकेट लिए भने अक्सर पटेलले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

दिल्लीको लागि पृथ्वी शले ३९ बलमा सात चौका र एक छक्काको मद्धतमा सर्वाधिक ५३ रन बनाए भने कप्तान रिशब पन्तले ३७ तथा स्टिभ स्मिथले अविजित ३४ रनको पारी खेले । त्यस्तै शिखर धवनले पनि २८ रनको योगदान दिए ।

हैदराबादका सिद्धार्थ कौलले सर्वाधिक दुई विकेट हात पारे ।

Click to comment

Trending