Headline

कोहलीको बैँगलोर धोनीको चेन्नईसँग फराकिलो अन्तरले पराजित

Published

on

बिराट कोहलीको रोयल च्यालेन्जर्स बैँगलोरलाई ६९ रनको फराकिलो अन्तरले पराजित गर्दै महेन्द्र सिँ धोनीको चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

यसअघिको खेलमा १ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सलाई १० विकेटले हराएको बैँगलोरलाई रविन्द्र जडेजाले अलराउण्ड प्रदर्शन गर्दै माथ दिएका थिए ।

जडेजाले २८ बलमा ६२ रन बनाउदै चेन्नईलाई चार विकेटमा १ सय ९१ रनको बिशाल योगफलतर्फ डोर्याएका थिए । त्यसपछि मिडल अर्डरको तीन महत्वपूर्ण विकेट लिदा बैगलोरले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रनमात्र बनाउन सक्यो ।

देवदत्त पडिक्कलले आकर्षक ब्याटिङ्गलाई निरन्तरता दिँदा बैँगलोरले पहिलो विकेटका लागि तीन ओभर भित्रै ४४ रन जोडेको थियो । तर १० रनको अन्तरमै कोहली (८) र पडिक्कल आउट भएपछि बैँगलोर धराशायी हुन पुगेको थियो । पडिक्कलले १५ बलमै चार चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाएका थिए ।

जडेजाले त्यसपछि एबि डिभिलियर्स, ग्लेन म्याक्सवेल र वाशिँगटन सुन्दरको विकेट लएपछि बैँगलोर खेलमा फर्कन असफल रहेको थियो । जडेजाले चार ओभरमा मात्र १३ रन खर्चिएका थिए । जितपछि बैँगलोर र चेन्नईको शिर्ष स्थानमा समान १० अंक भएको छ । चेन्नईका लागि इम्रान ताहिरले पनि दुई विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको चेन्नईको लागि ओपनर रुतुाज गाइकवाड (३३) र फाफ डु प्लेसिले ७४ रन जोड्दै आकर्षक शुरुवात दिलाएका थिए । सुरेश रैनाले पनि २४ रन बनाउदा डु प्लेसिले पाँच चौका र एक छक्काको मद्दतमा ४१ बलमा ५० रन बनाए ।

त्यसपछि रैनाले आक्रमक ब्याटिङ्ग गर्दै चेन्नईलाई बिशाल योगफलतर्फ डोर्याए । जडेजाले पाँच छक्का र चार चौका प्रहार गरे । बैँगलोरका लागि हर्षल पटेलले तीन विकेट लिए ।

Click to comment

Trending