Headline

धनगढीलाई ३–० ले हराउदै बिराटनगरको शान्दार शुरुवात

Published

on

बिराटनगर सिटी एफसीले नेपाल सुपर लिगमा शान्दार शुरुवात गरेको छ । दशरथ रँगशालामा सन्तोष तामाङको उच्च प्रदर्शन गरे सँगै बिराटनगरले आइतबार भएको खेलमा किरण चेम्जोङको धनगढी सिटी एफसीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो ।

खेलको १६ औं मिनेटमै बिक्रम धिमालको गोलमार्फत अग्रता लिएको बिराटनगरले दोश्रो हाफको १२ मिनेटपछि अफ्रिकन खेलाडी अडेलाजा ओलुवाउन्मी र सन्तोषले गोल गरेका थिए ।

बिराटनगरले धनगढीको पोस्टमा दवाब बनाउदै गर्दा अडेलाजाले गरेको प्रहारलाई किरणले फर्काउदा भिडभाँड भएको पोस्टमा बिक्रमले सजिलै गोल गरेका थिए ।

सन्तोषको थ्रु बलमा किरणलाई बिट गर्दै अडेलाजाले अग्रतालाई दोब्बर बनाएका थिए । ६९ औं मिनेटमा सन्तोष र सुनिल बलबीच भएको उत्कृष्ट तालमेलमा सम्भव भएको थियो ।

निकै कमजोर प्रदर्शन गरेको धनगढीले १७ पटक मुभ बनाउदा पनि एउटा पनि शट अन टार्गेट रहेको थिएन ।

Click to comment

Trending