Headline

नेपाल सुपर लिग: धनगढीलाई बिराटनगरको चुनौती, बुटवल र पोखरा भिड्दै

Published

on

नेपाल सुपर लिग अन्तर्गत आज दुई खेलहरु हुन गइरहेका छन् । पहिलो खेलमा बिराटनगर सिटी एफसी र धनगढी एफसी खेल्ने छन् भने दोश्रो खेलमा बुटवल लुम्बिनी एफसी र पोखरा थण्डर्स भिड्दैछन् ।

भारतीय प्रशिक्षक यान लको आगमपन पछि बलियो देखिएको बिराटनगर कागजमा बलियो टोली हो । यान ल दक्षिण एसियाली फुटबलको लागि निकै अनुभवी प्रशिक्षक हुन् जसले भारतको शिर्ष डिभिजनमा आई–लिग टोली अजवाल एफसीलाई प्रशिक्षणा दिइसकेका छन् ।

२८ बर्षको उमेरदेखि नै प्रशिक्षण करिअर शुरु गरेका यान ल बिराटनगरलाई उपाधि दिलाउन चाहन्छन् । तर यसको यात्रा उनको लागि त्यति सहज भने हुने छैन ।

राष्ट्रिय टिमका नम्बर वान गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर बिशाल राइ र मनाङ मस्र्याङ्गदी क्लबलाई शहीद स्मारक ए डिभिजिन लिगको उपाधि जिताएका नाइजेरियन प्रशिक्षक फुजा टोपेले सम्हालेको धनगढीबिरुद्ध उनको वास्तविक परिक्षण हुनेछ ।

बिराटनगरको मार्की प्लेयरमा राष्ट्रिय टोलीका रञ्जित धिमाल रहेका छन् जसले नेपालमा केही दिन अघि सम्पन्न थ्री नेसन्स कपमै उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै बिदेशी खेलाडीमा स्पेनिस फर्वार्ड पेद्रो मान्जीले अग्रपंक्ति सम्हाल्दा टोलीलाई ठूलो बल मिलेको छ ।

मान्जी आई–लिगसँगै जापानको दोश्रो श्रेणीको फुटबल जे–लिग टुमा पनि खेलिसकेको छन् । अर्का बिदेशी खेलाडीहरुले पनि नेपालमै घरेलु फुटबलको प्रशस्तै अनुभव बटुलिसकेका छन् ।

घाना, चाड र नाइजेरियाका खेलाडीहरु समावेश गरेको बुटवल का प्रमुख खेलाडीहरुमा घरेलु फुटबलमा स्थापित नामहरु गोलकिपर बिशाल श्रेष्ठ, अमिर श्रेष्ठ, सुमन लामा, आशिष लामा, बिराज महर्जन र रविन श्रेष्ठ लगायतका खेलाडीहरु रहेका छन् ।

नेपालको लागि १२ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण बिजेता प्रशिक्षक राजु काजी शाक्यको उपस्थितिले पनि बिशेष महत्व राख्नेछ ।

पोखरा थण्डर्स नवयुग श्रेष्ठको उपस्थितिले ने बलियो देखिन्छ भने क्यामरुनका तीन बिदेशी खेलाडीहरुले बलियो बनाएका छन् ।

नविन न्यौपानेको प्रशिक्षणमा रहने पोखराका लागि ए डिभिजन लिगका उत्कृष्ट गोलकिपर दिप कार्कीको प्रदर्शनले पनि धेरै फरक पार्नेछ ।

Click to comment

Trending