Headline

बेटिससँग बराबरीमा रोकिएसँगै रियलको उपाधि यात्रामा धक्का

Published

on

साविक रियल म्याड्रिडको स्पेनिस ला लिगाको उपाधि जित्ने अभियानमा धक्का लागेको छ । शनिबार राति भएको खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएसँगै रियलले शिर्ष स्थानमा अंक बराबरी गर्ने मौकालाई चुकाएको छ ।

बराबरीसँगै रियल शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँग २ अंकले पछि परेको छ । तेस्रो स्थानको बार्सिलोनाको रियल भन्दा ३ अंक कम छ। तर उसले दुई खेल कम खेलेको छ। आउने दुवै खेलमा बार्सिलोनाले जित हात पार्ने हो भने रियललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिने छ ।

रियलका लागि कारीब एक महिनाको बिश्राम पछि बेटिस विरुद्ध एडेन हजार्डले खेलेका थिए । धेरै खेलाडीहरु चोटले थालिएको समयमा रियललाई बेटिस विरुद्ध बराबरीको अंक पनि ठुलो रहेको प्रशिक्षक जिनेदिन जिदानले बताए ।

अंक तालिकामा शीर्ष स्थानको एट्लेटिकोको ३२ खेलबाट ७३ अंक छ। दोस्रो स्थानको रियलको ३३ खेलबाट ७१ अंक छ भने तेस्रो स्थानको बार्सिलोनाको ३१ खेलबाट ६८ अंक रहेको छ।

Click to comment

Trending