Headline

नेपाल सुपर लिगः काठमाडौंको ललितपुरमाथि कठिन जित

Published

on

नेपाल सुपर लिगको पहिलो खेलमा काठमाडौं रेजर्सले बिजयी शुरुवात गरेको छ । शनिबार दर्शक बिहिन दशरथ रँगशालामा भएको खेलमा काठमाडौंले ललितपुर सिटी एफसीलाई १–० ले पराजित गर्यो ।

खेलको एक मात्र निर्णायक गोल काठमाडौंका लागि उसका बिदेशी खेलाडी मेसुके ओलुमोउले गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा टुँगिदा ओलुमोउले ६६ औं मिनेटमा गोल गरेका थिए ।

स्टेफन समिरको सशक्त प्रहारलाई ललितपुरका गोलकिपर अर्पण कार्कीले पञ्च गरेपनि  फिल्ड अफ प्ले भित्रै रहदा रिबाउण्डमा ओलुमोउले गरेका थिए ।

ओलुमोउले गोल गर्न दुई मिनेट अघि पनि गरेको प्रहार अर्पणले जोगाएका थिए । खेलमा दुवै टोलीबाट केही मुभहरु बनेपनि गोलमा परिणत गर्न सकेका थिएनन् ।

ललितपुरका मार्की अञ्जन बिष्टले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार काठमाडौंका गोलकिपमर बिकेश कुथुले उत्कृष्ट ढँगले बचाएका थिए ।

खेलको म्यान अफ दि म्याच संजोक राई भए । उनले २५ हजार नगद प्राप्त गरे । यस्तै प्रोमिसिङ्ग प्लेयर अफ द म्याच काठमाडौंकै बिश्वास श्रेष्ठ चुनिएका थिए । उनले १० हजार पाए ।

आइतबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा बिराटनगर सिटी एफसी र धनगढी एफसी भिड्नेछन् भने दोश्रो खेल पोखरा थण्डर्स र बुटवल लुम्बिनीबीच हुनेछ ।

Click to comment

Trending