Headline

नेदरल्याण्ड्समाथि किर्तिमानी जितका साथ नेपाललाई ११ बर्षपछि घरेलु भुमिमा उपाधि

Published

on

एकपछि अर्को किर्तिमान बनाउदै नेपालले ११ बर्षपछि घरेलु भुमिमा शान्दार जितका साथ अन्तर्राष्ट्रिय उपाधि जितेको छ ।

उत्कृष्ट ब्याटिङ्ग प्रदर्शनलाई निरन्तरता दिएको नेपालले शनिबार त्रिवि मैदानमा नेदरल्याण्ड्सलाई त्रिदेशीय ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा १ सय ४२ रनको बिशाल अन्तरले पराजित गर्दै २०१० पछि पहिलो पटक घरेलु भुमिमा उपाधि हात पार्यो ।

कुशल भुर्तेल र कुशल मल्लले आक्रमक अद्र्धशतकसँगै दिपेन्द्र सिँह ऐरिले धुवाधार ब्याटिङ्ग गरेपछि नेपालले तीन विकेटको क्षतिमा २ सय ३८ रन बनाउदै आफ्नो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक ठूलो योगफल बनायो ।

जवाफमा करण केसीले तीन, कमल सिँह ऐरि र सन्दिप लामिछानेले २–२ विकेट लिएपछि नेदरल्याण्ड्स १७ दशमलव २ ओभरमा ९५ रनमै अल आउट भयो । ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्याण्ड्सको यो अहिले सम्मकै ठूलो अन्तरको हार हो भने नेपालले पनि रन अन्तरमा सबैभन्दा ठूलो जित हात पारेको हो ।

नेपालको यसअघिको सबैभन्दा ठूलो जित २०१९ दक्षिण एसियाली खेलकुदमा भुटानबिरुद्ध रहेको थियो । नेपालले उक्त खेल १ सय ४१ रनले जितेको थियो । नेदरल्याण्ड्सको सबैभन्दा ठूलो पराजय भने २०१८ मा स्कटल्याण्डबिरुद्ध रहेको थियो । नेदरल्याण्ड्स स्कटल्याण्डसँग १ सय १५ रनले हारेको थियो ।

किर्तिमानी लक्ष्य पछ्याउन शुरुवात देखि नै दवाबमा परेको नेदरल्याण्ड्सले कुनै पनि समय चुनौति दिन सकेको थिएन । उसका लागि सेबाष्चियन ब्राटले सर्वाधिक २६ रन बनाए भने ओपनर म्याक्स ओ डाउडले २० रन जोडेका थिए ।

यसअघि टस हारी पहिलो ब्याटिङ्ग गरेको नेपालले उत्कृष्ट ब्याटिङ्ग प्रदर्शनलाई निरन्तरता दिएको थियो । बिशाल योगफल बनाउने क्रममा नेपालले २०१९ डिसेम्बरमा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भुटानबिरुद्धको खेलमा २ सय ३६ रन बनाएको थियो ।

कुशल भुर्तेलले शान्दार प्रदर्शनलाई जारी राख्दै प्रतियोगितामा आफ्नो च ौथो अद्र्धशतक बनाए । अर्का ओपनर आसिफ शेख १६ रनमा आउट हुँदा नेपालको योगफल ३० रन थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले दोश्रो विकेटका लागि ५७ रन जोडेका थिए ।

ज्ञानेन्द्रले १९ बलमा ३३ रन जोड्दा तीन चौक र दुई छक्का हिर्काएका थिए । नेदरल्याण्ड्सले कुशलको लागि योजना बनाउदै उनलाई शान्त राख्न सफल भएपनि उनले ५३ बलमा ७७ रन जोडेका थिए । कुशलले ८ चौका र तीन छक्का प्रहार गरे ।

कुशललाई १२ रनमा हुँदा टोबियस भिसीले शर्ट थर्ड म्यानमा बास डि लिेडेको बलमा सहज क्याचमै जीवनदान दिएका थिए । कुशल मल्ल र कुशल भुर्तेलले तेश्रो विकेटका लागि ७६ रनको साझेदारी गरे ।

त्यसपछि नेदरल्याण्ड्समाथि कुशल मल्ल र दिपेन्द्र हावी भएका थिए । आफ्नो ट्वान्टी ट्वान्टी करिअरको पहिलो अद्र्धशतक बनाएका कुशलले २४ बलमै ५० रन बनाएका थिए । उनले पाँच छक्का र दुई चौका प्रहार गरे ।

दिपेन्द्रले १८ बलमै ४८ रन ठोके । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । नेपालले अन्तिम चार ओभरमा ६० रन बटुलेको थियो । दिपेन्द्रले भिभियन किंग्मालाई अन्तिम बलमा चौका प्रहार गरेपछि किर्तिमानी योगफल पाएको थियो ।

Click to comment

Trending