Headline

नेपालको एक परिवर्तन, नेदरल्याण्ड्सबिरुद्ध चार फास्ट बलर ?

Published

on

नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रंखलाका लागि जम्मा एक परिवर्तन गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ्ग गर्न गइरहेको नेपालले सुशन भारी श्रेष्ठको ठाँउमा अविनाश बोहोरालाई खेलाएको छ ।

नेपालले नेदरल्याण्ड्सबिरुद्ध चार मिडियम पेस बलर मैदानमा उतार्ने भएको हो । यसअघि मेलसियाबिरुद्धको खेलमा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका कमल सिँह ऐरिले महत्वपूर्ण फाइनलका लागि मौका पाएका पाएका छन् भने अन्य दुई मिडियम पेस बलरमा सोमपाल कामी र करण केसी रहेका छन् ।

बायाँ हाते बलर शाहब आलमलाई फाइनलका लागि मौका भने दिइएको छैन । उनको अनुपस्थितिमा नेपालले दिपेन्द्र सिँह ऐरि र कुशल मल्लले पनि नेपालको स्पिन आक्रमण सम्हाल्न सक्छन् ।

नेपाल स्वेदेशी भुमिमा ११ बर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने दाउमा रहेको छ । नेपालले नेदरल्याण्ड्सबिरुद्ध पहिलो खेलमा ९ विकेटको फराकिलो जित हात पारेको थियो भने दोश्रो लिग खेलमा तीन विकेटको हार व्यहोरेको थियो ।

Click to comment

Trending