Headline

नेपाल सुपर लिग: पहिलो खेलमा दुई ठुला शहरको भिडन्त

Published

on

काठमाडौँ र ललितपुरमा धेरै भिन्नता छैन । दाजु–भाई जस्तै सम्बन्ध रहेका यी दुई शहर बिच सांस्कृतिक भिन्नता पनि धेरै छैन । एक अर्काको नजिक रहेका यी दुई शहर शनिबार नेपालकै पहिलो फ्राञ्चाइज फुटबलको पहिलो खेलमा भिड्दैछन् ।

ललितपुरको ललितपुर सिटी एफसी र काठमाडौँको काठमाडौँ रेजर्सबीच शनिबार साँझ बन्द दशरथ रँगशालामा नेपाल सुपर लिगमा खेल्दैछन् । ललितपुरलाई चोटको समस्या धेरै छ । आफ्ना ६ खेलाडी ठूलो देखि सानो चोटबाट गुज्रिरहेको समयमा प्रशिक्षक प्रदिप हुमागाईलाई पनि काठमाडौँ विरुद्धको पहिलो खेलमा चुनौती थपिएको छ ।

हुमागाई आँफै पनि नेपाली घरेलु फुटबलमा लामो समय पछि फर्किएका प्रशिक्षक हुन् र उनले शुक्रबारको प्री म्याच कन्फेरेन्समा पनि फर्किन पाएकोमा आँफै धन्यवादको पत्र भएको बताएका थिए । “यो मेरो लागि लामो समय पछि नेपाली फुटबलमा फर्कने अवसर थियो र त्यसका लागि म आँफैलाई धन्यवाद दिन चाहन्छु,“ हुमागाईले भने ।

हुमागाइले पहिलो खेलमा ४–४–२ को फर्मेसन खेलाउन सक्नेछन् ।

यस्तै नेपाली फुटबलका सफल प्रशिक्षक बालगोपल महर्जन पनि आफ्नो टोली खेल्नका तयार भएको बताउछन् । “अक्सनबाट आएका खेलाडीहरुलाई अझै धेरै दिन प्रशिक्षण दिन पाएको भए म शतप्रतिशत नतिजाको आशा गर्न सक्थे तर यस पटक समय काम छ । तर पनि हामी पहिलो खेलको लागि तयार छौँ,“ महर्जनले भने ।

ललितपुर विरुद्धको खेलमा बालगोपालको हालको निकै चलेको फर्मेसन ४–३–३ खेलाउने सम्भावना बलियो छ । नेपालले ३७ वर्षमा पहिलो पटक घरेलु भुमीमा उपाधि जित्दा राम्रो प्रदर्शन गरेका दुई युवा खेलाडीहरु सन्जोग राई र त्रिदेव गुरुङ पनि उनकै टोलीमा छन् । दुवै टोलीका काप्तानहरु पनि अहिलेको अवस्थामा सबै टोलीलाई प्रशिक्षण कम भए पनि अब भने मैदानमा हुने खेलमा केन्द्रित हुने बताउँछन् ।

प्लेयर्स टु वाच

अन्जन बिष्ट, ललितपुर सिटी एफसी

नाइट क्लब कान्ड पछि अन्जनले यति मेहेनतका साथ कमब्याक गर्लान् भन्ने आशा कमैको थियो । प्रतिबन्ध पछि आए लगत्तैको ए डिभिजन लिगमा उत्कृष्ट खेल त्यस पछि बुढासुब्बा गोल्डकप र आहा राराको उपाधि र राष्ट्रिय टोलीको कमब्याक, अञ्जनले आफूलाई उत्कृष्ट रहेको साबित गरेका उदाहरणहरु हुन् । यस पटक उनले त्यो प्रमणमा लाल मोहर लगाउन मात्र बाकी छ ।

त्रिदेव गुरुङ, काठमाडौं रेजर्स

बालगोपलले किन उनलाई अक्सनमा लिए त्यो थ्री नेसन्स कपमा उनको प्रदर्शन पछि सबैलाई ज्ञान भइसकेको छ । निकै मिहिनती त्रिदेव गुरुङ २०७६ सालको ए डिभिजन लिग सम्म पनि गुमनाम थिए तर अब भने उनलाई थ्री नेसन्स पछि अर्को अवसर र चुनौती थपिएको छ र उनी यो प्रतियोगिताका लागि तयार पनि छन् ।

Click to comment

Trending