Headline

लेनोको आत्मघाती गोलपछि एभर्टनलाई च्याम्पियन्स लिगको आशा

Published

on

आर्सनलका गोलकिपमर बन्र्ड लेनोले आत्मघाती गोल गर्दै जित उपहार दिएपछि एभर्टनका व्यवस्थापक कार्लो एन्सलोट्टीले आफ्नो टोलीले च्याम्पियन्स लिगको दाबेदारीको लागि पुनरागमन गरेको बताएका छन् ।

सबै प्रतियोगिता गरेर ६ खेलमा असफल रहेको एभर्टन आर्सनलमाथि १–० को जित हात पार्दै तीन अंक बटुल्न सफल भएपछि शिर्ष चार स्थानको लागि मात्र तीन अंकले पछाडी परेको छ । आर्सनलको एमिरेट्स स्टेडियमा बाहिर एक हजार भन्दा बढी समर्थकबाट क्लब मालिक स्ट्यान क्राऐकेको बिद्रोही युरोपियन सुपर लिग भुमिकाबिरुद्ध प्रदर्शन भएको दिन आर्सनल ७६ औं मिनेटमा पछि परेको थियो ।

रिचार्लिसनले ६ यार्ड नजिक दिएको पास लेनोले सचिलै समात्न सक्ने थिए तर बल उनको हातबाट फुस्कदै खुट्टामा लागेर आत्मघाती गोल हुन पुगेको थियो । सन् १९९६ पछि आर्सनललाई पहिलो पटक लिगमा एभर्टनले हराएको थियो ।

जिल्फी सिगुर्ड्सन गोल गर्न निकै नजिक थिए तर उनको ३० यार्ड लामो प्रहार पोस्टमा लागेर फर्किएको थियो । टेबलको टपमा नजिक रहनु हाम्रो लागि निकै राम्रो हो । आजको प्रदर्शन निकै राम्रो थियो र हामीलाई अर्को खेलमा पूर्ण आत्मबिश्वास दिन सक्नेछ । म हामी फर्किएको छौं भन्न सक्छु, एन्सलोट्टीले भने ।

आर्सनलको लागि भने अर्को सिजनको च्याम्पियन्स लिग प्रवेश गर्ने एउटै आधार युरोपा लिग बनेको छ । युरोपा लिग जित्ने हो भने मिकेल आर्टेटाको टोली युरोपको सबैभन्दा ठूलो क्लब प्रतिस्पर्धाका लागि छनोट हुनेछ ।

आर्सनल ४६ अंकका साथ नवौं स्थानमा छ भने चौथो र पाचौं स्थानमा रहेको चेल्सी र वेष्ट ह्यामको समान ५५ अंक छ । टोटेन्ह्याम र लिभरपुलको समान ५३ र एभर्टनको ५२ अंक छ । लेस्टर सिटी ५९ अंकसाथ तेश्रो स्थानमा छ ।

लिगको पछिल्लो चार सिजनमा तेश्रो उपाधि नजिक रहेको म्यानचेस्टर सिटीको ७७ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको ६६ अंक छ ।

Click to comment

Trending