Headline

आईपिएलः डिफेन्डिङ्ग च्याम्पियन मुम्बईको पञ्जाबसँग लज्जास्पद हार

Published

on

मुम्बई इण्डियन्सलाई उसको यो सिजनको सानो योगफलमा रोक्दै पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिगमा डिफेन्डिङ्ग च्याम्पियनलाई तेश्रो हार चखाएको छ ।\

चेन्नईमा कसिलो बलिङ्ग गरेको पञ्जाबका लागि मोहम्मद सामी र रवि बिस्नोइले २–२ विकेट लिएपछि मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै मात्र १ सय ३१ रन बनाउन सक्यो । जवाफमा आरामले खेलेको पञ्जाबले १७ दशमलव ४ ओभरमा मात्र एक विकेटको क्षतिमा लक्ष्य भेट्टाउदै ९ विकेटको फराकिलो अन्तरको जित हात पार्यो ।

पहिलो विकेटका लागि मयंक अगरवाल र केएल राहुलले आठ ओभर भित्र ५३ जोडेका थिए । मयंकले २० बलमा चार चौका र एक छक्काको मद्दतमा २५ रन बनाए । त्यसपछि राहुल र गेलले पञ्जाबलाई सम्हालिएर खेल्दै जित दिलाएका थिए ।

राहुलले तीन छक्का र तीन चौका प्रहार गर्दै ५२ बलमा ६० रन बनाए भने गेलले ३५ बलमा ४३ रन जोडे । उनले पाँच चौका र दुई छक्का प्रहार गरे ।

पञ्जाबको पाँचौ खेलमा यो दोश्रो जित हो भने मुम्बईको तेश्रो हार । बिराट कोहलीको रोयल च्यालेन्जर्स बैँगलोर चारमा चारै खेल जित्दै शिर्ष स्थानमा कायमै रहेको छ ।

पहिलो ब्याटिङ्ग गरेको मुम्बईले २६ रनमा दुई विकेट गुमाएपछि कप्तान रोहित शर्मा र सुर्यकुमार यादवले ७९ रन जोडेका थिए । यादवले २७ बलमा ३३ रन बनाउदा लेग स्पिनर बिस्नोइको शिकार बने । रोहितले ५२ बलमा ६३ रन बनाउदा पाँच चौका र दुई चौका प्रहार गरेका थिए ।

यसबाहेक केरोन पोलार्डले १२ बलमा नटआउट १६ रन जोडेका थिए ।

Click to comment

Trending