Headline

नेपाल सुपर लिगको बिजेतालाई ३५ लाख पुरस्कार

Published

on

शनिबारदेखि दशरथ रँगशालामा शुरु हुन गइरहेको नेपाल सुपर लिगको बिजेताले ३५ लाख पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टले शुक्रबार प्रतियोगिता शुरु हुनु अघि नगद पुरस्कारको घोषणा गरेको हो ।

नेपालकै पहिलो फ्राञ्चाइज फुटबल प्रतियोगितामा कुल ७ टोलीको सहभागित रहेको छ । नेपाल सुपर लिगका सम्पूर्ण खेलहरु बन्द रँगशालामा हुन गइरहेका छन् । आयोजकले कोरोनाका केसहरु कम हुँदै गएमा सरकारले हाल अपनाएको स्वास्थ प्रोटोकोलमा केही लचकता अपनाउने हो भने दर्शकलाई प्रवेश दिने बताएको छ ।

प्रतियोगिताको उपजिबेताले १५ लाख नगद प्राप्त गर्नेछन् भने उत्कृष्ट पोजिसनमा खेल्ने चार खेलाडी – गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फर्वार्ड – र प्रशिक्षकलाई १–१ लाख रुपैया दिइनेछ । यस्तै इमर्जिङ्ग फुटबलरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजकका अनुसार प्रत्येक खेलका म्यान अफ द म्याचले २५ हजार र इमर्जिङ्ग प्लेयरले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सम्पूर्ण तैयारी पुरा भइसकेको आयोजकले बताएको छ । आयोजनाका लागि नेपाल सरकारको सम्पूर्ण मापदण्ड पुरा गरिएको बताइएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले खेल्ने छन् । अन्य टोलीहरुमा एफसी चितवन, बिराटनगर सिटी एफसी, धनगढी एफसी, बुटवल लुम्बिनी सिटी एफसी र पोखरा थण्डर रहेका छन् ।

Click to comment

Trending