Headline

नेपाल सुपर लिग: के भन्छन् सात टोलीका कप्तान र प्रशिक्षकहरु ?

Published

on

नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग बैशाख ११ गते देखी काठमाडौँको दशरथ रङ्गशालामा सुरु हुँदै छ । पहिलो पटक हुन लागेको नेपाल सुपर लिगमा सात टोलीको सहभागीता रहने छ । शनिबारबाट सुरु हुँदै गरेको उक्त लिगका लागि टोलीका प्रशिक्षक र कप्तानहरु तयार रहेको बताएका छन् । त्यस बाहेक के भन्छन् त नेपाल सुपर लिगका कप्तान र प्रशिक्षकहरु:

धनगढी एफसी

युगल किशोर राई, प्रशिक्षक

पहिलो पटक हुन लागेको सुपर लिगका लागि हामी मात्र हैन सबै टोली उत्साहित होलान् । यो ठुलो प्रतियोगिताको उपाधि उचाल्ने हाम्रो लक्ष्य हो । तर, हामीलाई तयारी भने पुगेको छैन । आर्मीका खेलाडीहरु एएफसी कप छनोट खेलेर आएका कारण हामीलाई तयारी नपुगेको हो । सेटमा प्रशिक्षण गर्न नपाए पछि गार्हो भने अवस्य हुनेछ ।

किरण कुमार लिम्बु, कप्तान

हाम्रो टोली निकै राम्रो छ । तयारी छोटो भए पनि हाम्रो मुख्य लक्ष्य भनेको उपाधि नै हो र हामी त्यस्को लागि निकै मेहेनत गर्दै छौँ ।

बिराटनगर सिटी एफसी

यान ल, प्रशिक्षक

पहिलो बिजेतालाई सबैले सम्झिने छन् र त्यो पहिलो बिजेता बन्ने लक्ष्य सहित हामी मैदानमा उत्रिने छौँ । विदेशी प्रशिक्षक भए पछि म म थापा दवाबत छदै छ तर पनि मेरो लक्ष्य भनेको टोलीका सबै खेलाडीलाई उत्कृष्ट खेल खेलाएर उपाधि जित्ने नै हो । समय अली कम भयो तर पनि हामी तयार छौँ ।

रन्जित धिमाल,कप्तान

समय निकै कम थियो तर पनि अहिले तयारी राम्रो छ । हामी केही दिन अगाडी काठमाडौँ आएका छौँ र दिनको दुई दिन प्रशिक्षण गर्दै छौँ र त्यस कारण पनि खेलमा राम्रो गर्नेमा म आशावादी छु ।

बुटवल लुम्बिनी एफसी

सानोज श्रेष्ठ, प्रशिक्षक

सबै खेलाडीहरु फिट छन् । विदेशी खेलाडीको कुरा गर्नु पर्दा उनीहरु टोलीसँगा घुलमिल भैसकेका छन् । सानो चोट त छदैँ छ तर हामी राम्रो गर्ने प्रयास गर्ने छौँ ।

बिशाल श्रेष्ठ, कप्तान

तयारीको समय कम त थियो तर हाम्रो मुख्य लक्ष्य भनेकी अझै पनि उपाधि हो । अन्य टोलीका खेलाडीहरुको कुरा गर्ने हो भने हाम्रो टोली पनि निकै राम्रो देखिएको छ ।

एफसी चितवन

मेघराज केसी, प्रशिक्षक

यो स्तरको ठुलो प्रतियोगिताका लागि तयारी भने पुगेको छैन । १०-१५ दिनको यो प्रशिक्षणले पनि हामी बलियो नै छौँ । नेपाली र विदेशी खेलाडीहरु पनि हाम्रो लागि राम्रै छ । स्यान्शु भुशाल पनि प्रशिक्षण राम्रै गरिरहेका छन् । उनी अहिले नै शुरुवाती ११ मा पर्छन पर्दैन भन्न सकिदैन तर उनी राम्रो गरिरहेका छन् ।

भरत खवास, कप्तान

हाम्रो खेलाडीहरु राम्रै छन् तर तयारीको कुरा गर्नु पर्दा हामीले थोरै समयमा प्रशिक्षण गरेका छौँ तर पनि हामी तयार छौँ र उपाधिका लागि लड्ने छौँ ।

काठमाडौँ रेजर्स

बालगोपाल महर्जन, प्रशिक्षक

हाम्रो लागि मात्र हैन सबै टोलीलाई प्रशिक्षणका लागि समय नपुगेको गुनासो होला । हामी राम्रो गर्ने छौँ भने आशा छ । सबै खेलाडीहरुलाई हेर्दै त्यही अनुसार हाम्रो प्लानहरु बनेका छन् र हामी त्यही अनुसार जाने छौँ ।

बिकेश कुथु,कप्तान

हाम्रो लागि समय त थिएन तर पनी सबै खेलाडीहरु राम्रै गर्दै छन् । हाम्रो लागि उपाधि नै मुख्य कुरा हो र हामी त्यस्को लागि लढ्ने छौँ ।

ललितपुर सिटी एफसी

प्रदिप हुमागाँई, प्रशिक्षक

लामो समय पछि नेपाली फुटबल फर्किदा खुशी छु र म फर्किए पछि केही गर्छु भने आशा छ । हाम्रो टोली राम्रै छन् तर चोटको समस्या भने छदैँ छ । विदेशी खेलाडीहरु नि राम्रै छन र हामी उपाधिकै लागि जाने छौँ ।

अन्जन बिष्ट, कप्तान

हाम्रो तयारीको कुर गर्नु पर्दा हामीलाई केही समय भने पुगेको छैन तर हामी काठमाडौँसँग खेल्न तयार छौँ ।

पोखरा थन्डर्स

राजेश साही, सह-प्रशिक्षक

पोखरामा १०-११ दिनको प्रशिक्षण पछि हामी यहाँ खेल्न आएका छौँ । सबै खेलाडीहरु फिट छन् र विदेशीहरु पनि राम्रै देखिन्छन् । यस्तो प्रतियोगितामा खेल्दा सबै खेलाडीलाई उत्साह भने हुने छ ।

अनिल गुरुङ, कप्तान

समयको समस्या त छ तर पनि त्यो हाम्रो मात्र हैन सबैको होला । खेलाडीहरु लड्न तयार छन् र हामी उपाधिका लागि खेल्ने छौँ ।

Click to comment

Trending