Headline

त्रिदेशीय कपमा आयोजकले म्यान अफ द म्याचलाई नगद पुरस्कार नराख्दा बिदेशका समर्थकहरुले पैसा दिदै

Published

on

काठमाडौंमा जारी त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालका लागि म्यान अफ द म्याच अथवा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई अमेरिका र बेलायतमा रहेका नेपाली क्रिकेट समर्थकहरुले नगद पुरस्कार दिने भएका छन् ।

यसको लागि समर्थकहरुले स्थापना गरेको पहिलो सँगठन नेपाल क्रिकेट फ्यान क्लब र अमेरिकामा रहेको नेप्लिज क्रिकेट नर्थ क्यारोलाइना मिलेर नगद पुरस्कार दिने निर्णय गरिएको हो । नेपालका प्रत्येक म्यान अफ द म्याचसँगै नेपाल पराजित भएको खेलमा उत्कृष्ट खेल्ने क्रिकेटरहरुलाई नगद पुरस्कार दिइनेछ ।

“काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपाल क्रिकेट संघले म्यान अफ द म्याचको लागि कुनै नगद पुरस्कार राख्दा सम्पूर्ण क्रिकेट प्रेमी तथा समर्थकहरुलाई आघात पुगेको छ,” नेपाल क्रिकेट फ्यान क्लबले जारी गरेको प्रेस बिज्ञप्तिमा भनेको छ ।

“क्यानले आफ्नै बलबुतामा गरेको पहिलो श्रृंखलामा म्यान अफ द म्याचलाई नगद पुरस्कार नराख्नु हास्यास्पद मात्रै नभएर नेपाल क्रिकेटको लागि नयाँ गन्तब्य हुन सक्ने कुरामा पनि प्रश्न चिन्ह उठेको छ । खेलाडीलाई प्रोत्साहन गर्नर क्यानलाई गल्तिबोध गराउन यस नेपाल क्रिकेट फ्यान क्लब र नेप्लिज क्रिकेट नर्थ क्यारोलाइना मिलेर नगद पुरस्कार दिने निर्णय गरेको छ,” बिज्ञप्तिमा भनिएको छ ।

यस अन्तर्गत हरेक खेलका म्यान अफ द म्याच अथवा उत्कृष्ट प्रदर्शन गर्नेले १ सय डलर पाउने छन् । त्यस्तै नेपालको लागि नेदरल्याण्ड्सबिरुद्ध पहिलो खेलमा १ सय १६ रनको किर्तिमानी ओपनिङ्ग साझेदारीमा संलग्न हुने आसिफ शेख र लगातार तीन अद्र्धशतक प्रहार गर्दै बिश्व किर्तिमान बनाउने कुशल भुर्तेलले अतिरिक्त १ सय २५ डलर पनि पाउने छन् ।

नेदरल्याण्ड्सबिरुद्ध तीन विकेटले पराजित भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिँह ऐरिले पनि १ सय डलर पाउने छन् भने अन्य म्यान अफ द म्याच बनेका कुशल, करण केसी र सोमपाल कामीले पनि १ सय डलर पाउने छन ।

हाल प्रतियोगिताकै दौरान पुरस्कृत गर्दा आईसिसि एन्टी करप्सन युनिटको ध्यानाकर्षण हुने हुँदा प्रतियोगिता समाप्त भएलगत्तै हस्तान्तरण गरिने बताइएको छ ।

Click to comment

Trending