Headline

नेपाल सुपर लिगः धनगढी एफसीको प्रमुख प्रायोजकमा किया मोटर्स

Published

on

नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी एफसीलाई मुख्य प्रायोजकको रूपमा चर्चित दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’ भित्रिएको छ ।

कियाले धनगढी एफसीसँगको सम्झौतासँगै आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ । धनगढी एफसीका सुवास शाही र किया नेपालका अनिश लामिछानेले सम्झौता आदान–प्रदान गरे ।

गो–ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीका अध्यक्ष शाहीले कियाँसँग जोडिन पाउनु राम्रो रहेको बताए । “कियाजस्तो बहुराष्ट्रिय कम्पनी फुटबलमा आउनु धेरै राम्रो हो । यसले नेपाली फुटबलको विकास र प्रबद्र्धन गर्नेछ । कियाको संलग्नताले हाम्रो क्लबलाई मात्रै होइन, नेपाली फुटबललाई नै माथिल्लो स्तरमा पु¥याउन सहयोग गर्नेछ,” उनले भने ।

“हाललाई एकवर्षे सम्झौता गरेका छौं । भविष्यमा दीर्घकालीन योजनासहित हामी एकसाथ अघि बढ्नेछौं ।” शाही नेपालमा फ्रेन्चाइज क्रिकेटमा खेलाडीहरुको अक्सन शुरु गर्ने पहिलो व्यक्ति हुन् ।

किया नेपालका सहायक महाप्रबन्धक अनिश लामिछानेले विश्वकै खेल जगतमा कियाले सहयोग गर्दै आएको र नेपाली फुटबलमा पनि लगानी गर्न पाउँदा खुशी लागेको बताए । “विश्वमै खेलमा कियाको प्रायोजन हेर्ने हो भने विशेषतः फुटबलको विश्वकपलगायत धेरैमा संलग्नता छ । नेपालमा सुपर लिग सुरु हुँदै छ, यसमा हामीसँग मिल्ने कुनै जुझारुपन टिमसँग सहकार्य गर्ने सोच थियो,” उनले भने ।

सम्झौता कार्यक्रममा धनगढीका आइकोनिक खेलाडी किरण चेम्जोङ र मार्की खेलाडी विशाल राई पनि उपस्थित थिए । कियाको नयाँ लोगो पनि धनगढी एफसीबाटै सार्वजनिक गरेको छ । कम्पनीको लोगोसहितको जर्सी दुवै खेलाडीले पहिरिएका थिए । किया विश्वकप फुटबल २०१४ र २०१८ को पनि प्रायोजक थियो ।

७ टिम सम्मिलित नेपालकै पहिलो फ्राञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग शनिबार साँझ देखि दशरथ रँगशालामा शुरु हुँदैछ ।

Click to comment

Trending