Headline

नेपालद्वारा मलेसिया ६९ रनको बिशाल अन्तरले पराजित

Published

on

मलेसियालाई सशक्त ब्याटिङ्ग प्रदर्शन मार्फत ६९ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको लिग चरणमा शान्दार अन्त्य गरेको छ

त्रिवि क्रिकेट मैदानमा करण केसीको आक्रमक ब्याटिङ्गसँगै नेपालले ७ विकेट गुमाउदै २ सय १७ रनको बिशाल योगफल बनायो जवाफमा मलेसियाले निरन्तर विकेट गुमाएपनि १९ दशमलव १ ओभरमा १ सय ४८ रनमा अल आउट भयो

सोमपाल कामीले आफ्नो पहिलो दुई ओभरमा दुई विकेट लिएपछि दवाबमा आएको मलेसियाले आक्रमक ब्याटिङ्गलाई जारी राख्यो तर बिशाल लक्ष्यको दवाबमा रोकिएको थियो

अमिनुदिन राम्लीले १८ बलमा पाँच छक्का र एक चौका प्रहार गर्दै सर्वाधिक ४१ रन लिएका थिए सन्दिप लामिछाने, डेब्युटेन्ट कमल सिँह ऐरि र सोमपाल कामीले ३३ विकेट लिएका थिए सन्दिपले प्रतियोगितामा सर्वाधिक ११ विकेट लिइसकेका छन् सोमपालको नाममा पाँच विकेट रहेको छ      

यसअघि करणले धुवाधार ब्याटिङ्ग गर्दै १३ बलमा सात बिशाल छक्का प्रहार गर्दै ४५ रन जोडेपछि नेपालले आफ्नो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै दोश्रो सर्वाधिक योगफल बनायो

नेपालको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमा सर्वाधिक ठूलो योगफल भुटानबिरुद्ध १३ औं दक्षिण एसियाली खेलकुदमा बनाएको २ सय ३६ रन हो

करणले बिष्फोटक पारी खेल्दै कुशल मल्ल (१० बलमा १९ रन) सँग २३ बलमा ६६ रन जोड्नु अघि अन्य ब्याट्स्म्यानहरुले पनि उल्लेखनीय योगदान दिदा नेपाल बिशाल योगफल बनाउन सफल भएको थियो

पहिलो विकेटका लागि कुशल भुर्तेल (१६) र आसिफ शेखले ३३ रन जोडेपछि कप्तान ज्ञानेन्द्र मल्लले नेपालको बिशाल स्कोरको आधार खडा गरेका थिए आसिफसँग ७३ रनको साझेदारी गरेका ज्ञानेन्द्रले चार छक्का र एक चौकाको मद्दतमा २५ बलमा ४१ रन बनाएका थिए

आसिफले ३२ बलमा ४२ रन बनाएका उनले तीन चौका र तीन छक्का हिर्काए यसअघि नेदरल्याण्ड्सबिरुद्धको खेलमा आफ्नो पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय अद्र्धशतक प्रहार गरेका दिपेन्द्र सिँह ऐरिले पनि छरितो रुपमा रन बटुल्दै १७ बलमा ३३ रन बनाए उनले पाँच चौका र एक छक्का हिर्काए

नेपालको इनिङ्गस सुस्त हुदै गर्दा करणले अविश्वसनीय पारी खेलेका थिए उनले १८ औं ओभरमा धिभेन्द्रन मोगनलाई एकै ओभरमा चार छक्का प्रहार गरेका थिए १९ औं ओभरमा मुहम्मद वफिकलाई कुशल मल्लले दुई र करणले एक छक्का प्रहार गरेका थिए

सैयद अजिजको बलमा करण थर्ड म्यानमा अनवर रहमानको उत्कृष्ट डाइभिङ्ग क्याचमा रनआउट भएका थिए अजिजले अन्तिम ओभरमा सोमपाललाई पनि आउट गर्दै मात्र चार रन खर्चिएका थिए

Click to comment

Trending