Headline

नेपाल मलेसिया भिड्दै गर्दा सन्दिपको १ सयौं टि ट्वान्टी, कुशल अर्को किर्तिमान नजिक

Published

on

स्टार लेग स्पिनर सन्दिप लामिछानेले १ सयौं ट्वान्टी ट्वान्टी खेल्दा नेपाल मलेसियालाई पराजित गर्दै त्रिदेशीय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलाको लिग चरण अन्त्य गर्ने दाउमा हुनेछ ।

बुधबार नेदरल्याण्ड्स र मलेसियाबीचको रोमाञ्चक खेल बराबरीमा टुङ्गिएपछि नेपाल एक खेल बाकी रहदै फाइनल प्रवेश गरेको हो । शनिबार हुने फाइनलमा नेपालले नेदरल्याण्ड्सकै सामना गर्नेछ ।

यसअघि नेदरल्याण्ड्सबिरुद्ध २ सय ६ रन बनाएर पनि पराजित भएको नेपाल मलेसियाबिरुद्ध पहिलो लिग खेलमा प्राप्त फराकिलो जितलाई निरन्तरता दिदै पूर्ण आत्मबिश्वासका साथ फाइनलमा जान चाहन्छ । नेपालले पहिलो लिगमा मलेसियालाई विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

तर नेदरल्याण्ड्सबिरुद्धको दुवै लिग खेलमा उत्कृष्ट प्रदर्शन गरेको मलेसियामाथि नेपालले अर्को सशक्त प्रदर्शन दिएरै छोड्ने छ भन्ने ग्यारेन्टी भने छैन । बिहिबार बिहान परेको बर्षाका कारण त्रिवि मैदानको पिच बलरको लागि सुहाउदो बन्न पनि सक्नेछ । फाइनल प्रवेश गरिसकेका कारण नेपालले बिहिबारको खेलमा केही परिवर्तन भने ल्याउन सक्नेछ ।

नेपालका लागि कुशल भुर्तेल अर्को किर्तिमान नजिक हुनेछन् । डेब्युटेन्टको रुपमा लगातार तीन अद्र्धशतक प्रहार गर्दै नयाँ बिश्व किर्तिमान कायम गरेका कुशलले बिहिबार पनि अद्र्धशतक प्रहार गर्ने हो भने उनी ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा लगातार चार अद्र्धशतक प्रहार गर्ने तेश्रो खेलाडी बन्ने छन् । यो किर्तिमान हाल वेष्ट इण्डिजका ट्वान्टी ट्वान्टी लेजेण्ड क्रिस गेल र पुर्व न्युजिल्याण्ड कप्तान ब्रेण्डन म्याक्कुलमको नाममा रहेको छ ।

बिहिबारको खेल लेग स्पिनर सन्दिपका लागि भने बिशेष रहनेछ । उनी नेपालको लागि १ सयौं ट्वान्टी ट्वान्टी खेल्ने पहिलो खेलाडी बन्दैछन् । उनले नेपालका लागि मात्रै २३ ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनको अर्को एक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय बिश्व ११ का लागि लर्डस ११ बिरुद्ध रहेको थियो ।

सन्दिप हाल नेपालको लागि ४२ विकेटका साथ सर्वाधिक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय विकेट लिने बलरको रुपमा रहेका छन् । उनले ट्वान्टी ट्वान्टी करिअरमा भने १ सय ३३ विकेट हात पारिसकेका छन् । सन्दिपले नेदरल्याण्ड्सबिरुद्धको खेलमा चार विकेट लिएका थिए । उनले यो प्रयिागितामा कुल ८ विकेट लिइसकेका छन् । नेपालले मलेसियाबिरुद्ध खेलिएका पाँच ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा चारमा जित हात पारेको छ ।

Click to comment

Trending