Headline

जर्मन बुन्डेसलिगाः रेलिगेसन सहन नसकेपछि साल्के खेलाडीहरुमाथि आक्रमण, अण्डा प्रहार

Published

on

आफ्नो टिम बुन्डेसलिगबाट दोश्रो श्रेणीमा रेलिगेट भएपछि साल्के समर्थकहरुले रिस थाम्न सकिरहेका छैनन् । मङ्गलवार आर्मिनिया बिलेफिल्डसँग १–० ले पराजित भएपछि साल्के ३० बर्षमा पहिलो पटक रेलिगेसनमा परेको थियो ।

२०११ को च्याम्पियन्स लिग सेमिफाइनल र २०१९ मा प्रि–क्वार्टरफाइनल समेत खेलेको साल्के जर्मनीको माथिल्लो श्रेणीबाट चौथो पटक झरेको हो । साल्केको रेलिगेसन समर्थकहरुलाई पनि पचेन । आर्मिनीयाबाट घरेलु मैदान भेल्ट्निस अरिना फर्कदा साल्केका खेलाडीहरुमाथि रिसले आक्रमण नै गरेका छन् ।

५ सय देखि ६ सय जना साल्के समर्थकहरु आफ्नो क्लबका खेलाडीहरुको आगमन पर्खिरहेका थिए । उनीहरु बसबाट ओर्लिने बित्तिकै समर्थकहरुले अपशब्द प्रयोग गर्दै खेलाडीहरुमाथि अण्ड बर्षाएका थिए, प्रहरीले भनेको छ ।

केही समयपछि स्थानीय अधिकारीहरुले स्थिति नियन्त्रणमा लिदै थप दुर्घट्ना हुनबाट जोगाएका थिए । साल्केले पनि छोटो समयका लागि समर्थकहरुले टिममाथि आक्रमण गरेको पुष्टि गरेको छ । बुधबार अर्को एउटा भिडियोमा समर्थकहरुले खेलाडीलाई लखेटेको सार्वजनिक भएपनि त्यसको आधिकारिकता पुष्टि हुन सकेको छैन ।

२०१०–११ को सिजनमा साल्केले जर्मन कप पनि जितेको थियो । तर एक दशकपछि साल्केले बुन्डेसलिगामा ३० मध्ये मात्र दुई खेल जितेको छ । यो सिजन मात्रै उसले पाँच प्रशिक्षक परिवर्तन गरेको थियो ।

साल्के दोश्रो डिभिजनमा झर्दा उसको थाप्लोमा २ सय ६१ मिलियन डलरको ऋण रहनेछ । उसले गत सिजन कोरोना भाइरसका कारण आफूलाई ५२ मिलियन युरोको घाटा भएको सार्वजनिक गरेको थियो ।

Click to comment

Trending