Headline

अर्को जितपछि ग्वार्डियोलाले भने सुपर लिग एउटा समाप्त अध्याय

Published

on

म्यानचेस्टर सिटी एस्टन भिल्लालाई अवे खेलमा २–१ ले पराजित गर्दै प्रिमियर लिगको उपाधि नजिक पुग्दा व्यवस्थापक पेप ग्वार्डियोलाले असफल युरोपियन सुपर लिगको अध्याय अब समाप्त भइसकेको बताएका छन् ।

बिद्रोही सुपर लिगमा खेल्नको लागि सहमति जनाउने सिटी १२ मध्येको एक क्लब थियो तर व्यापक आलोचना र युरोपियन र बिश्व फुटबलको सर्वोच्च निकायले कडा रुपमा प्रस्तुत भएपछि सबै क्लबले यसबाट हात झिक्दा प्रतियोगिता गर्भमै तुहिन पुगेको थियो ।

“क्लबको रुपमा हामी गल्ति स्विकार्दै अघि बढ्नतर्फ केन्दित छौं । यो समाप्त भइसकेको अध्याय हो,” लिगमा बाकी रहेका ५ खेलबाट मात्र ८ अंक बटुले च्याम्पियन बन्न पर्याप्त हुने सिटी व्यवस्थापक ग्वार्डियोलाले भने ।

सिटीले लिगमा दोश्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग ११ अंकको स्पष्ट अग्रता बनाएको छ । खेलमा भिल्लाले २० सेकेण्डमै जोन म्याकगिनको गोलमार्फत अग्रता लिएको थियो तर फिल फोडेनले २२ र रोद्रीले ४० औं मिनेटमा गोल गरेपछि सिटीले अग्रता उल्टाएको थियो ।

४४ औं मिनेटमा जोन स्टोन्सले जेकब राम्सीमाथि घातक फउल गरेपछि सिटी १० खेलाडीमा सिमित भएको थियो । भिल्लाले भने त्यसको सदुपयोग गर्न सकेन । भिल्लाले ५७ औं मिनेटमा म्याटी क्यासलाई दोहोरो पहेलको कार्डपछि गुमाएको थियो । भिल्ला ४४ अंक सहित ११ औं स्थानमा छ ।

बुधबार राति नै सन हिउङ मिनले अन्तिम समयको पेनाल्टीमा टोटेन्ह्यामले हटस्पर साउथ्याम्प्टनलाई २–१ ले पराजित गरेपछि नयाँ अन्तरिम प्रशिक्षक रायन मेसन जितका साथ शुरुवात गरेका छन् ।

२९ बर्षको उमेरमा प्रिमियर लिगकै सबैभन्दा कान्छा व्यवस्थापक पुर्व स्पर्स मिडफिल्डर मेसनले गत सोमबार होजे माउरिन्होको स्थान लिएका थिए । जितपछि स्पर्स गोल अन्तरका आधारमा ५३ अंक सहित छैटौं स्थानमा उक्लिदै लिभरपुललाई पछाडी धकेल्न सफल भएको छ । यद्दपि लिभरपुलको हातमा एक खेल अझै बाकी रहेको छ ।

ड्यानी इँग्सले जेम्स वार्ड–प्राउजको कर्नरमा गोल गरेपछि स्पर्स पहिलो आधा घण्टामै खेलमा पछि परेको थियो । तर ग्यारेल बेलले ६० औं मिनेटमा उत्कृष्ट कर्लिङ्ग गोल गर्दै खेललाई बराबरीमा ल्याए भने दक्षिण कोरियन स्टार सनले ९० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

मुसा जेनेपोले ह्यारी विंक्सलाई लडाएपछि भिडियो असिस्टेन्ट रेफ्रिको सहयोगमा स्पर्सलाई पेनाल्टी दिइएको थियो । हारपछि गत सिजन सम्मानजनक प्रदर्शन गरेको साउथ्याम्प्टन यो सिजन भने १४ औं स्थानमा झरिसकेको छ ।

Click to comment

Trending