Headline

रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा

Published

on

काडिजलाई ३-० ले हराउदै रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । शिर्ष स्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरे पनि रियल गोलअन्तरको आधारमा शिर्ष स्थानमा उक्लिएको हो ।

चोटले थालिएको रियलका लागि करिम बेन्जेमाले दुई गोल गरे । यस्त एक गोल अल्भातो ओड्रिओजोलाले गरे ।

रियलले जित निकाल्ने क्रममा सबै गोल पहिलो हाफमा गरेको थियो । ३० औँं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बेन्जेमाले रियललाई १-० को अग्रता दिलाए । यस्तै दोस्रो गोल त्यस्को तीन मिनेट पछि ओर्डिओजोलाले गरे । बेन्जेमाको पासमा उनले हेडिङ गर्दै टोलीलाई दुई गोलको अग्रता दिलाएका थिए । रियलका लागि तेस्रो गोल भने बेन्जेमाले ४० औँ मिनेटमा गरे ।

क्यासिमेरोको लामो क्रसलाई बेन्जेमाले हेडिङ गर्दै गोल गरे पछि पहिलो हाफमा नै रियल ३-० को अग्रता लिना पुग्यो । तर, दोस्रो हाफमा भने रियलले त्यस्तै खेल देखाउन सकेन । काडिजले दोस्रो हाफमा लगतार राम्रो प्रदर्शन गर्‍यो । रियललाई निकै दवाब दिएको काडिजका लागि स्ट्राइकर स्बोरिनोले धेरै मौका खेर फाल्न पुगे ।

जितसँगै ७० अंक बनाएको रियल र समान अंक रहेको एट्लेटिको क्रमश: पहिलो र दोस्रो स्थानमा छन् । यस्तै सेभियाले पनि लिभान्टेlaai १ -० ले हराउदा बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।

Click to comment

Trending