अन्तर्राष्ट्रिय

जिम्बाब्वे विरुद्ध पाकिस्तानको संघर्षपूर्ण जित

Published

on

पाकिस्तानले घरेलु टोली जिम्बाब्वे विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा ११ रनको संघर्षपूर्ण जित दर्ता गराएको छ । यस जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता कायम गरेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १४९ रनको मध्यम योगफल मात्र बनाउन सके पनि जवाफी ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा सात विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

लगातार रुपमा विकेट गुमाए पनि पाकिस्तानको लागि खेलको म्यान अफ द म्याच घोषित ओपनर मोहम्मद रिजवानले ६१ बल खेल्दै १० चौका र एक छक्काको मद्धतमा ८२ रन जोड्दै पारी सम्हाले । रिजवान बाहेक दानिश अजिजले १५ तथा फखार जमानले १३ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानलाई मध्यम स्कोरमा रोक्ने क्रममा लुक जोंग्वे र वेस्ली माधेवेरेले समान २-२ विकेट हात पारे ।

जिम्बाब्वेको लागि क्रेग एर्विनले ३४ तथा लुक जोंग्वेले अविजित ३० रन बनाए पनि जितका लागि भने पर्याप्त रहेन ।

पाकिस्तानको जितमा बलिङ तर्फ उस्मान कादिरले तीन तथा मोहम्मद हास्नैनले दुई विकेट हात पारे ।

Click to comment

Trending